फरक क्षमताका २२ विद्यार्थीलाई शैक्षिक सामग्री

समाधान संवाददाता २०७६ जेठ ६ गते १२:०२

समाधान संवाददाता, स्याङ्जा

रोयल कोअपरेटिभ सोसाइटी स्याङ्जाले फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सोसाइटीको १८ औं स्थापना दिवसका अवसरमा पुतलीबजार नगरपालिका ३ बाडखोलास्थित चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कमल, लगायतका सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री विरतण कार्यक्रममा पुतलीबजार नगरपालिका ३ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठले सवैको सहयोग र हातेमालोले विद्यालय सञ्चालन भएको बताए । उनले सामाजिक क्षेत्रबाट दिएको सहयोगले फरक क्षमता भएका विद्यार्थीलाई जीवन यापनमा सहज हुने बताए । सहकारीको सहयोगले फरक क्षमता भएका विद्यार्थीलाई सक्षम नागरिक बन्न टेवा पुग्ने बताए ।

Advertisement

सहकारीका अध्यक्ष भरतप्रसाद लम्सालले सहकारीले आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताए । कार्यक्रममा वडा सदस्य तेजप्रसाद शर्मा, विद्यालयका पूर्व अध्यक्ष अमिरबक्स मियाँ, प्रबन्धक शान्ति ढकाल अर्याल, संस्थाका प्रबन्ध निर्देशक केशवराज लम्साल, शिक्षा समितिका सदस्य प्रकाश डोटेल लगायतले बोलेका थिए ।

सहकारीले फरक क्षमता (बहिरा) २२ जना विद्यार्थीलाई सहयोग गरेको हो । १ वर्षलाई पुग्ने शैक्षिक सामग्री सहकारीले प्रदान गरेकामा खुसी हुँदै विद्यालयका प्रधानाध्यापक सावित्री शर्माले फरक क्षमताका नागरिक समाजका पाहुनालाई सवैको माया र ममता हुनु पर्नेमा जोड दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया