खराने–राखीडाँडा सडक स्तरोन्नति

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणलाई तीव्रता दिएको छ । महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । कनेक्टिङ सडक अन्तर्गत पोखरा २६ मा पर्ने खराने राखीडाँडा सडक स्तरोन्नति गरिने भएको छ ।
खरानेदेखि २ किमी १ सय मिटर सडकलाई स्तरोन्नति गरी ग्राबेलिङ गरिने महानगरपालिकाले जनाएको छ । उक्त सडकलाई ग्राबेलिङ गर्न र नाली निर्माण गर्नका लागि जिएसआर निर्माण सेवाले जिम्मेवारी पाएको पोखरा महानगरपालिका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए । खरानेदेखि वडा नम्बर २८ को सिमानासम्मको सडकलाई स्तरोन्नति गर्न लागिएको हो ।
महानगरपालिकाले यो सडकका लागि १ करोडको टेन्डर गरेकोमा निर्माण कम्पनीले ६३ लाख ११ हजार ४ सयमा काम सक्ने गरी महानगरपालिकासँग सम्झौता गरेको छ । १ किमी नाला निर्माण, ९ वटा कल्र्भट र २ हजार १ सय मिटर सडक ग्राबेलिङ हुनेछ । निर्माण सेवासँग गत चैत २६ गते सम्झौता भएको हो भने आगामी भदौसम्ममा काम सक्ने समयसीमा तोकिएको छ । सडक नालासहित ९ मिटर फराकिलो हुने वडा नम्बर २६ का सब इन्जिनियर इन्द्रकुमार सुवेदीले जानकारी दिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया