पाेखरा घुम्न हिडेका मनाेजकाे पौडी खेल्ने क्रममा मृत्यु

समाधान संवाददाता २०७६ जेठ ६ गते १३:३१

रासस, धादिङ

काठमाडौंबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ।

गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए।

Advertisement

काठमाडौंबाट चार जना मोटरसाइकलमा आएकामा उनीहरू अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका थिए। पौडी खेल्दा डुबेपछि उद्धार गर्न नसकेर उनको मृत्यु भएको हो।

Advertisement

तपाईको प्रतिक्रिया