टिभिएसका मोटरसाइकल नेपालमै बन्ने

समाधान संवाददाता २०७६ जेठ ६ गते १४:१५

समाधान संवाददाता, काठमाडाैं

बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटल नेपालमै एसेम्बल हुने भएका छन् । नेपालमा टिभिएसका दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको छ ।

नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको र यसले केही समय लिने जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले जानकारी दिए । एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनि तथा अन्य काममा कम्पनी लागिपरेको अग्रवालको भनाइ रहेको छ ।

Advertisement

टिभिएसका सबै उत्पादन भने शुरुवातमै नेपालमा एसेम्बल हुने छैनन् । लोकप्रीय मोडलबाट शुरु गर्ने कम्पनीको तयारी रहेको छ ।

‘सायदमा हामी अपाच्चेबाट शुरु गर्छौ होला, यद्यपी यसले केही समय भने लिन्छ’ अग्रवालले सेतोपाटीसँग भने । हाल नेपालमा बजाजको डिस्कभर मोडलका मोटरसाइकल नेपालमा एसेम्बल भइरहेका छन् ।

Advertisement

नेपालमै एसेम्बल भएपछि मूल्यमा केही सस्तो र रोजगारी सिर्जनामा योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ ।

नेपालमै एसेम्बल भएका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमै खपत हुने अवस्था जुनजुन मोडलको आउछ त्यसको उत्पादन शुरु गर्ने कम्पनीले जानकारी दिएको छ । नेपालमा होटल, स्टिल तथा सिमेन्ट उत्पादन गरिरहेको शंकर ग्रुपले मोटरसाइकल पनि एसेम्बल गर्ने योजना अघि सारेको छ ।

तपाईको प्रतिक्रिया