इराकमा अमेरिकी दूतावास नजिक विस्फोट

समाधान संवाददाता २०७६ जेठ ६ गते १४:३४

रासस/एएनआई, बग्दाद

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा विस्फोटको भएको छ ।

आइतबार भएको उक्त विस्फोटबाट कुनै पनि क्षति नभएको स्पुटनिक समाचार समितिले जनाएको छ ।

Advertisement

इराकी अधिकारीहरूले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो विस्फोटको आवाज आएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

संयुक्तराज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको केही दिनभित्रै उक्त विस्फोटको आवाज आएको हो ।

Advertisement

अमेरिकी विदेश मन्त्रालयले पनि आफ्ना नागरिकलाई इराक भ्रमण नगर्न अनुरोध गरेको छ ।

अमेरिकाले इराक समेत समग्र मध्यपूर्वमा आतङ्कवाद, अपहरण र सशस्त्र द्वन्द्वको अवस्था रहेको भन्दै अमेरिकी नागरिकलाई यस क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन भनेको छ । 

तपाईको प्रतिक्रिया