मोटरसाइकलमा तत्काल डबल हेल्मेट लागु नहुने

समाधान संवाददाता २०७६ जेठ ६ गते १५:५४

समाधान सम्वाददाता

मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम तत्काल लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार ट्विटरमा सूचना जारी गर्दै दुई पांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था तत्काल लागु नहुने स्पष्ट पारेको हो ।

Advertisement

महाशाखाले आइतबार मात्रै मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने नियम कार्यान्वयन गरिने जनाएको थियो ।

तर, सामाजिक सञ्जालमा उक्त घोषणाको व्यापक विरोध भएपछि महाशाखाले उक्त नियम यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्यपश्चात मात्र कार्यान्वयन हुने जानकारी दिएको हो ।

Advertisement

महाशाखाले ट्विटरमा जारी गरेको सूचनामा लेखिएको छ, ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्यून हुन सक्ने र यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात् कार्यान्वयन हुने व्यहोरा अनुरोध ।’

तपाईको प्रतिक्रिया