पाँचथरमा २ परिवारका ९ जनाको विभत्स हत्या

समाधान संवाददाता २०७६ जेठ ७ गते १२:५७

समाधान संवाददाता, पाँचथर


पाँचथरको मिक्लाजुङ ३,मा २ परिवारकाे ९ जनाको विभत्स हत्या भएको छ । गएराति उनीहरुकाे धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो भने १ बालिका घाइते छिन् । सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गर्ने भएको छ ।

अज्ञात समूहले बमबहादुर फियाक र धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् ।

Advertisement


हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । 


उक्त हत्या प्रकरणकाे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।

Advertisement

हत्या प्रकरण रहस्यमय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो ।


तपाईको प्रतिक्रिया