फोक्सुण्डोमा युवा मृत फेला

समाधान संवाददाता २०७६ जेठ ७ गते १३:०९

रासस, खलंगा

शे–फोक्सुण्डो गाउँपालिका–८ लामागडास्थित फोक्सुण्डो खोलामा शव भेटिएको हो ।

जुम्ला पातारासी गाउँपालिका–६ का २२ वर्षीय गोपाल विष्टको शव भेटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए ।

Advertisement

खोला किनारमा ढुंगाले छोपेर राखेको अवस्थामा उनको शव भेटिएको हो ।

खच्चडसँगै रहेका गोठालाले शव देखेपछि निकुञ्ज कार्यालयलाई खबर गरेका थिए । मृतक यार्सागुम्बा संकलक भएको अनुमान गरिएको छ ।

Advertisement

प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ ।

तपाईको प्रतिक्रिया