पाँचथर हत्या प्रकरणः घटनास्थलबाट केही पर भेटियो रुखमा झुण्डिएको माखिमको शव

समाधान संवाददाता २०७६ जेठ ७ गते १३:२८

समाधान संवाददाता, पाँचथर

 पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति २ परिवारका ९ जनाकाे हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ/दुई घन्टा लाग्ने दूरीमा रुखमा झुण्डिएकाे अवस्थामा माखिमकाे शव भेटिएको जानकारी आएको बताए । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो/थिएन भन्ने विषय चाहिँ खुलेको छैन ।

Advertisement

अनुसन्धान अधिकारीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि प्रयोगमा ल्याइएको छ भने जिल्लाका सम्पूर्ण नाका सिल गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया