चुनावकाे नतिजा नआउँदै मोदीलाई बधाईको ओइरो

समाधान संवाददाता, काठमाडाैं
भारतीय लोकसभा चुनावको नतिजा नआउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईको ओइरो लागेको छ ।
सात चरणमा भएको मतदानको आज बिहानदेखि गणना भइराखेका छन् । ५४३ लोकसभा सिटमध्ये ३४० भन्दा बढीमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले लिड गरिराखेका छन् ।
भारतीय जनता पार्टी एक्लैले २ सय ७२ भन्दा बढी सिट ल्याउने अनुमान गरिएको छ । यसैक्रममा पुन: प्रधानमन्त्री बन्ने बाटो खुला भएकोमा प्रधानमन्त्री मोदीलाई विभिन्न देशका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीले बधाई दिएका छन् ।
मतगणना आजै बेलुकीसम्म सकिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, चीनका राष्ट्रपति सी चिनफिङ, नेपालका पूर्वप्रधानमन्त्री एवं सत्तारुढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका हुन् ।
यस्तै अफगानिस्तानका राष्ट्रपति असार्फ घानीले पनि बधाई दिएका छन् । भुटानका राजा जिग्मे केशर नाम्गेल वानचुकले पनि मोदीलाई टेलिफोन गरी बधाई दिएका हुन् ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले मोदीलाई टेलिग्राम पठाएर बधाई दिएका छन् । जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि मोदीलाई टेलिफोन गरी बधाई दिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया