बाँदर नियन्त्रण गर्न १० लाख रुपैयाँ

समाधान संवाददाता २०७६ जेठ १० गते ११:२५

समाधान संवाददाता, पोखरा

अन्नपूर्ण गाउँपालिकामा बाँदर नियन्त्रण गर्न १० लाख रुपैयाँ दिने घोषणा भएको छ । गण्डकी प्रदेस सभा सांसद राजीव पहारीले सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अन्नपूर्ण गाउँपालिकामा गरेको ‘शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार’ विषयक ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा किसानले बाँदरको आतंकले सताएको बताउँदै आएका थिए ।

कृषिमा सम्भावना बोकेको क्षेत्रमा किसानका समस्या समाधान गर्न आफू तयार रहेको भन्दै पहारीले सांसद विकास कोषबाट १० लाख छुट्याउने घोषणा गरेका हुन् । राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक दीपकजंगध्वज कार्कीले गाउँपालिका सबै वडाको प्रोफाइल तयार गर्न आग्रह गरे । ‘सबै तथ्यांक संकलन गरौं त्यसले काम गर्न सहज बनाउँछ’, कार्कीले भने । उनले कृषिमा विषादी प्रयोगको मात्रा बढ्न थालेकाले कडाईकासाथ अनुगमनको खाँचो ओैंल्याए ।

Advertisement

कृषि ज्ञान केन्द्र इकाइ प्रमुख कालीप्रसाद अधिकारीले कृषि क्षेत्रमा थुप्रै कार्यक्रम भए पनि जनताले थाहा पाउन नसकेको बताए । अन्नपूर्ण गाउँपालिकाका कार्यकारी प्रमुख शेषकान्त पौडेलले नीति तथा कार्यकक्रम प्रकाश पार्दै विषयगत समितिमा प्रतिवेदन आउने काम जारी रहेको बताए । स्वास्थ्य प्रमुख निरीक्षक टीकाराम भण्डारीले ४ वटा गाउँपालिका १ महानगरमा रहेको स्वास्थ्य क्षेत्रमा प्राविधिकको सहयोग अनिवार्य हुनुपर्ने बताए । ‌‌‌‌‌‌‌‌

अन्नपूर्ण गाउँपालिकाका शिक्षा प्रमुख बलराम भुगाईले विद्यालयमा राजनीति गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख क्रषिराम पौडेलले गाउँपालिकामा हुनसक्ने महामारी नियन्त्रणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

Advertisement

पौडेलले पानी उमालेर पिउने हो भने ८० प्रतिशत रोगबाट बच्न सकिने बताए । उनले भने, ‘किशोरीका लागि सेनेटरी प्याड वितरण भइरहेको छ, उत्कृष्ठ स्वास्थ्य बच्चालाई पुरस्कृत गरिरहेका छौं’, उनले थपे, ‘सेनेटरी प्याड वितरण गर्दा कसरी डिस्पोज गर्ने भनेर पनि सिकाएका छौं’ । कृषि इकाइ प्रमुख शशिकुमार सिहंले गाउँपालिकाले वास्तविक किसानको तथ्यांक संकलन गरेको बताए । किसानलाई सेवा प्रदान गर्न गाउँपालिकाले विऊमा आत्मनिर्भर, प्राङ्गारिक खेती कार्यक्रम सञ्चालन गरिरहेको बताए । वडा नं १ अध्यक्ष भरतजंग कुवँरले जनता सचेत हुन आवश्यक औंल्याए ।

मानव अधिकार निगरानी समूह ढिकुरपोखरी संयोजक चतुरमान विकले सरकारी विद्यालयका शिक्षकले आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने माग गरे । उनले गाउँपालिकामा प्राविधिक शिक्षाको खाँचो आंैल्याए । कार्यक्रममा स्थानीय दुर्गादत्त दाहालले बाँदर नियन्त्रण, वद्धवृदालाई कार्डको व्यवस्था गरिदिन गाउँपालिकालाई अनुरोध गरे । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन अधिकृत सवनम शर्माले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया