लागुऔषधसहित ७ जना पक्राउ

समाधान संवाददाता २०७६ जेठ १० गते १२:५४

सुरेशराज अधिकारी
पोखरा

पोखरामा लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । कास्की प्रहरीले ३ सय ४१ थान फेनारागन, ३ सय ४१ थान डाइजोपाम, ३ सय ४१ थान बुर्फिनर्फिन र नाइट्रोसन १ सय चक्की गरी जम्मा १ हजार २ सय २८ थान लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका रुपेन्देही रोहिणीका रामवृक्ष कोहार, तेतरी कोहार र सोनम कोहार, पोखरा बगर बस्ने अनील गुरुङ, पोखरा २८ का शुक्रराज सुनार, पोखरा १३ विक्रम विक र पोखरा ३२ का अजय गुरुङलाई प्रहरीले बिहीबार सार्वजानिक गरेको हो । रुपेन्देही रोहिणीका रामवृक्ष कोहार, तेतरी कोहार र सोनम कोहार एकै परिवारका हुन् ।

Advertisement

अनुसन्धानका क्रममा कोहार परिवारले पोखरा ल्याइ अन्य ४ जनालाई बिक्री गर्ने गरेको खुलेको कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए । पोखरामा लागू औषध पोखराका ड्रक्स डिलरले बोर्डर जिल्लामा आइएमईमार्फत पैसा पठाउने गरेको प्रहरीले जनाएको छ ।

भारतका सलिम खानको योजनामा पोखरासम्म लागुऔषध पु¥याउने योजना रहेको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

Advertisement

प्रहरीले सबै सामग्री देखाएन
प्रहरीले पक्राउ परेकासँग लागुऔषध बाहेक भेटिएका अन्य सामान सार्वजानिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले सामान जफत नगरे पनि पाउने व्यवस्था रहेको बताए । ‘अदालतको आदेश अनुसार केही घटनामा सामान जफत नगरे पनि हुन्छ, गुरुङले भने, ‘यस घटनामा पनि सामान जफत गरिएको छैन ।’

‘सामान्यतया सानो मात्रामा लागुऔषध भेटिँदा वा सामान्य घटनामा मोबाइल र थोरै मात्रामा पैसा वा सामान्य सामान भेटिए जफत नगरे पनि हुन्छ, ‘जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सूचना अधिकारी पूर्णप्रसाद शर्मा भने,‘ धेरै मात्रामा समाउँदाका घटनामा प्रमाणको लागि उनीहरुले प्रयोग गरेका मोबाइल र अन्य सामान जफत गर्नुपर्छ ।’ उनका अनुसार १ हजार २ सय २८ थान बरामद हुने भनेको सानो घटना हैन । ‘यति ठूलो मात्रामा समाउँदा प्राइभेट सवारी भए सवारी पनि समाउनुपर्छ,’ शर्माले भने, ‘नभएमा प्रयोग गरिएको मोबाइल सेट लगायतका वस्तु अदालती प्रक्रियाका लागि आवश्यक पर्छ ।’ प्रहरी स्रोतका अनुसार पक्राउ परेकासँग लागु औषधसहित केही सेट मोबाइल र अन्य केही सामान पनि जफत भएको छ ।

वडा प्रहरी कार्यालय रामबजारको नेतृत्वमा खटिएको टोलीले गत मंसिर ७ गते पोखरा रानीपौवामा सडक छेउमा पार्किङ गरिराखेको अवस्थामा ग२च ८३६३ र ग२च ४३२७ नम्बरको २ वटा कारबाट २ सय ९५ थान नुर्फिन, २ सय ९५ थान डाइजोपाम र २ सय ९५ थान फेनरागन २४ बोतल फेन्सिडिल २ लाख ४२ हजार नगद र सुनजस्तो पहेँलो रङको ४ तोला ८४ लालको सिक्रीसहित उदयकुमार गुप्ता र मनु गुरुङलाई पक्राउ गरेको थियो । पछिल्लो समयमा कास्कीमा लागुऔषध ठूलो मात्रामा ओसारपोसार गर्ने पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया