आधारभूत तहका मोडल पुस्तक बजारमा

समाधान संवाददाता २०७६ जेठ १० गते १३:३२

समाधान संवाददाता
पोखरा

संगम बुक्स पब्लिकेसन प्रालि काठमाडांैले विद्यार्थीलाई लक्षित गरी गुणस्तरीय बिएलइ (आधारभूत तहको प्रश्न प्रत्र)÷एसइई टेन सेट मोडल प्रश्न (वल्ड इज गोल्ड) बजारमा ल्याएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अभियानलाई सम्मान गर्दै विद्यार्थी र अभिभावको हितमा २०७६ का लागि सस्तो मूल्य समायोज गरिएको हो ।

गुणस्तरीय बिएलइ÷एसइई टेन सेट मोडल प्रश्न (वल्ड इज गोल्ड) बजारमा ल्याएको संगम बुक्स पब्लिकेसन प्रालिको स्थानीय बिक्रेता मनकामना बुक्स एन्ड स्टेसनरी महेन्द्रपुलका सञ्चालक ऋषिराम शर्माले जानकारी दिए ।

Advertisement

पुस्तकमा ७ वटै प्रदेशका एसइई परीक्षाका प्रश्न पत्रको संगालो, थप नमूना प्रश्न पत्र र प्राविधिक शिक्षाका प्रश्न समावेश गरिएको छ । अन्य प्रकाशनको तुलनामा कम मूल्य र गुणस्तरलाई मध्यनजर गरेर पुस्तक बजारमा आएको शर्माले बताए ।

संगम बुक्स पब्लिकेसन प्रालिले प्रकाशन गरेको बिएलइको मूल्य ३ सय १० र एसइई टेन सेटको ३ सय ५० रुपैयाँ कायम गरिएको छ । पुस्तकको गुणस्तर महंगो मूल्य र मोटोपनाले होइन समावेश गरिएको विषयवस्तुले गर्दछ भन्ने ध्ययले पुस्तक बजारमा ल्याइएको प्रकाशनले दावी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया