युनुसको समूहबाट ७ करोड ६८ लाख नक्कली भारू बरामद

समाधान संवाददाता २०७६ जेठ १० गते १५:३५

समाधान संवाददाता, काठमाडाैं

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पक्राउ परेका युनुस अन्सारीको समूहबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रूपैया बरामद भएको छ ।

विमानस्थल प्रहरीका अनुसार कतारबाट आएका तीन जना पाकिस्तानी नागरिक लिन गएका अन्सारीसहित उनको समूहका अन्यलाई विशेष ब्युरोको सहयोगमा शुक्रबार दिउँसो पक्राउ गरिएकको थियो ।

Advertisement

कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए ।  

युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए ।

Advertisement

पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो ।

५ वर्ष अघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए । उनलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया