नागरिकता विधेयकविरुद्ध राजमोको हस्ताक्षर अभियान

कृष्ण न्यौपाने, दमौली
राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधमा शुक्रबार दमौलीमा हस्ताक्षर सङ्कलन गरेका छन् ।
जन्मसिद्ध नेपाली नागरिकका सन्तानहरुलाई नागरिकता दिने नाममा नेपालमा नजन्मिएका, स्थायी बसोबास नभएका सन्तानलाई र किर्ते जन्मसिद्ध नागरिकहरुका सन्तानहरुलाई समेत वंशजको नागरिकता दिने प्रावधानले गैरनेपालीहरुले वंशजको नागरिकता पाउने व्यवस्थाको विरोधमा हस्ताक्षर सङ्कलन गरिएको हो ।
नेपालको राष्ट्रियतामा आँच आउने गरी विधेयक आएको हुनाले विरोध गर्नुपरेको राजमोका जिल्ला अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए ।
विसं २०६३ सालको कानुनमा नै मतदाता सूचीको आधारमा नागरिकता दिएकोले लाखौ गैरनागरिकले नागरिकता लिएको आरोप छ । सो ऐन अनुसार गैर नागरिकलाई नागरिकता दिन ३ जनाको सिफारिस गरी लाखौ किर्ते नागरिकता लिएको तथ्यहरु प्रमाणित भइरहेको श्रेष्ठले बताए ।
सरकारले विसं २०६३ सालको कानुनभन्दा पनि राष्ट्रघाती व्यवस्था गरेर ल्याएको ऐन संशोधन विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताइएको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया