नागरिकता विधेयकविरुद्ध राजमोको हस्ताक्षर अभियान

समाधान संवाददाता २०७६ जेठ १० गते १८:०७

कृष्ण न्यौपाने, दमौली

राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधमा शुक्रबार दमौलीमा हस्ताक्षर सङ्कलन गरेका छन् ।

जन्मसिद्ध नेपाली नागरिकका सन्तानहरुलाई नागरिकता दिने नाममा नेपालमा नजन्मिएका, स्थायी बसोबास नभएका सन्तानलाई र किर्ते जन्मसिद्ध नागरिकहरुका सन्तानहरुलाई समेत वंशजको नागरिकता दिने प्रावधानले गैरनेपालीहरुले वंशजको नागरिकता पाउने व्यवस्थाको विरोधमा हस्ताक्षर सङ्कलन गरिएको हो ।

Advertisement

नेपालको राष्ट्रियतामा आँच आउने गरी विधेयक आएको हुनाले विरोध गर्नुपरेको राजमोका जिल्ला अध्यक्ष पुष्प श्रेष्ठले जानकारी दिए ।

विसं २०६३ सालको कानुनमा नै मतदाता सूचीको आधारमा नागरिकता दिएकोले लाखौ गैरनागरिकले नागरिकता लिएको आरोप छ । सो ऐन अनुसार गैर नागरिकलाई नागरिकता दिन ३ जनाको सिफारिस गरी लाखौ किर्ते नागरिकता लिएको तथ्यहरु प्रमाणित भइरहेको श्रेष्ठले बताए ।

Advertisement

सरकारले विसं २०६३ सालको कानुनभन्दा पनि राष्ट्रघाती व्यवस्था गरेर ल्याएको ऐन संशोधन विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताइएको छ ।

तपाईको प्रतिक्रिया