यातायात मजदुरलाई सचेतना

समाधान संवाददाता, तनहुँ
जिल्ला ट्राफिक कार्यालय तनहुँ र सामाजिक विकास मन्त्रालय पोखराको संयुक्त आयोजनामा यातायात क्षेत्रका मजदुरका लागि सचेतनामूलक कार्यक्रम भएको छ ।
व्यास ४ स्थित एक सभाहलमा भएको कार्यक्रममा २ सय ५० यातायात मजदुरको सहभागिता थियो । सवारी साधन चलाउँदा र यात्रा गर्दा कसरी दुर्घटना हुन जान्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेत गराइएको थियो ।
सवारी चालक र यातायात व्यवसायीको जिज्ञासामा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले सडक दुर्घटनाका कारणबाट हुने जनधनको क्षति कहिल्यै पूरा नहुने बताएका थिए ।
उनले यात्रामा सबै सतर्क रहन नसके सवारी चालक र यात्रुहरु दुर्घटनाको सिकार हुने बताउँदै सवारी चालकले मादक पदार्थ सेवन गर्नु, चालक अनुमति पत्र बिना सवारी साधन चलाउनु, साँघुरो २ लेनको बाटो हुनु, सडकमा खाल्टा खुल्टी हुनु, जेब्रा क्रसिङबाट यात्रु नहिड्नु, क्षमता भन्दा बढी भार बोक्नुले यातायात क्षेत्र असुरक्षित हुने बताए ।
कार्यक्रममा तीब्र गतिमा सवारी साधन चलाउनु, सवारी साधन चलाउँदा मोबाइल फोन प्रयोग गर्नु, सिटबेल्ट नलगाउनु, ट्राफिक नियमको पालना नगर्नु नै मुख्य सडक दुर्घटनाका कारण भएको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत दामोदर पौडेलले स्वागत गरेका कार्यक्रममा नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबाबु पन्तले होसियारी पूर्वक साधन चलाए समस्या नआउने बताए । पन्तले यातायात क्षेत्रमा लाग्नेलाई समाजमा अझैं नराम्रो नजरले हेर्ने गरेको तथ्य बाहिर आइरहेको भन्दै सबैले मनन् गर्न सके पेसाकर्मीलाई सम्मान हुने धारणा राखे । ट्राफिक प्रहरीले कुनै कुनै समयमा आफू अनुकुल बनाउन खोज्दा यातायात क्षेत्र र मजदुरलाई समस्या आउने गरेको बताए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया