दरौंदीमा टिपर खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता
समाधान संवाददाता
२०७६ जेठ १२ गते १३:४१

समाधान संवाददाता, गाेरखा
गोरखामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका ७ श्रीनाथकोट चिउरेभीरमा शनिबार राति भएको दुर्घटनामा चालक भालुस्वाँराका २० बर्षिय सुमन खड्काको मृत्यु भएको हो ।
बा ५ ख १९८२ नम्बरको टिपर सडकबाट दरौंदी नदीमा खसेको थियो । टिपरका सहचालक बेपत्ता छन् । उनको नाम खुलेको छैन । प्रहरीले उनको खोजी गरिराखेको छ । टिपर दुर्घटनामा परेर स्थानीय जनक गुरुङ घाइते पनि घाइते छन् । उनलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया