पेरूमा ८ म्याग्नेच्युडको भूकम्प
समाधान संवाददाता
२०७६ जेठ १२ गते १५:३८

एजेन्सी, लेमी
दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो ।
सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ ।
कतिपयले तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन् । राजधानी लिमामा रहेका पत्रकार जरेड वादेले ट्वीटरमा लेखेका छन्- पेरूमा निकै ठूलो धक्का महशुस भयो ।
भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया