पेरूमा ८ म्याग्नेच्युडको भूकम्प

समाधान संवाददाता २०७६ जेठ १२ गते १५:३८

एजेन्सी, लेमी

दक्षिण अमेरिकी मुलुक  पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ ।  स्थानीय समयअनुसार  आइतबार  बिहान  २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो ।

सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ ।

Advertisement

कतिपयले  तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन् । राजधानी लिमामा रहेका पत्रकार जरेड वादेले ट्वीटरमा लेखेका छन्-  पेरूमा निकै ठूलो धक्का महशुस भयो ।

भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन् ।

Advertisement

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया