बिप्लव नेतृत्वको लापरवाही–ढंगै नभै टाइम बम बनाउन खोज्दा आफै ध्वस्त

समाधान सम्वाददाता, पोखरा ।
नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको आफ्नै लापरवाहीका कारण राजधानीमा ठुलो जनधनको क्षती भयो । उसका चार कार्यकर्ताले ज्यान मात्र गुमाएनन्, सो समुहको नियत समेत प्रष्ट भयो । अहिलेसम्मका हत्या र विष्फोटनका घटनाको औपचारिक जिम्मेबारी नलिने विप्लबलाई राजधानीको घटनाले ठुलै दवाव दिएको हुनु पर्छ ।
आइतबार राजधानीम भएका तीन वटा विष्फोटनका घटनााम नेकपा विप्लब समुह कै कार्यकर्ताको मृत्यु हुनु र घाइते पनि उनीहरु नै भएबाट कमजोर तयारीमा उनीहरु राज्यलाई त्रसाउन सकृय भैरहेका छन् भन्ने कुरा पनि सिद्द भयो । अनुसन्धानमा खटिएका प्रहरीले टाइम बम सेटिङ गर्दा गर्दै उनीहरु आफै मारिएको बताएका छन्् ।
प्रहरीका अनुसार छोटु ठाकुरसहितका व्यक्तिले ठाकुर कै भान्सामा बम बनाउने प्रयास गर्दा विष्फोट भएको थियो । महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृत भन्छन्, ‘फिट गर्दागर्दै पड्किँदा छ मध्ये तीन जनाको त्यहीँ मृत्यु भएको हो।’
बममा ‘टाइम फिट’ गर्न खोज्दाखोज्दै पड्केको भनिए पनि सोको यकिन हुन नसकेको प्रहरी बताउँछ। ‘त्यहाँ बम फिट गरेर अन्यत्रै राख्ने उनीहरूको योजना थियो,’ महाशाखाका ती अधिकृतले भने, ‘घाइतेहरूसँग बयान लिन सकिइरहेको छैन, त्यसकारण योजना कहाँ के थियो, स्पष्ट खुलेको छैन।’
बम बिस्फोटपछि महाशाखाको टोली विस्तृत अनुसन्धानमा जुटेको छ। प्रहरीका अनुसार सबै मृतकको अनुहार पहिचान हुने अवस्था छैन, घाइते बोल्न सक्ने अवस्थामा छैनन्। त्यसकारण मृतक र घाइतेको स्पष्ट विवरण संकलन गर्न नसकिएको हो।
सुकेधारा बिस्फोटमा महावीर, दीपेन्द्रको मृत्यु भएको प्रहरी स्रोतले बताएको छ। सुकेधारा बिस्फोटमा मृत्यु हुने तेस्रो व्यक्तिको नाम र पहिचान भने खुलेको छैन। उनको अनुहार चिन्न नसकिने गरी क्षतविक्षत भएको छ। सुकेधारा बिस्फोटमा परेका सैलुनका सञ्चालक ठाकुर, महर्जन र खडकाको भने अस्पतालमा उपचार भइरहेको छ।
घट्टेकुलोमा विस्फोटमा परेका विप्लव माओवादीका प्रज्जवल शाहीको पनि मृत्यु भएको छ। विप्लव माओवादीको विद्यार्थी संगठनका केन्द्रीय सदस्य शाहीको डेरामा नै बम पड्केको हो। प्रज्जवलसँगै रहेका रुकुम सानीभेरीका रविन केसी भने गम्भीर घाइते भएका छन्। उनको ओम अस्पतालमा उपचार भइरहेको छ। घट्टेकुलोमा पनि ‘टाइम बम’ राखिएको प्रहरी स्रोत बताउँछ। घटनास्थलमा रिमोट फेला परेको थियो।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया