मोदीको शपथमा सहभागी हुन प्रम ओली बिहीबार भारत जाने

समाधान संवाददाता २०७६ जेठ १४ गते ९:११
k|ltlglw;efsf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] z'qmaf/sf] a}7sdf ljlgof]hg ljw]ossf] 5nkmndf p7]sf k|Zgdfly hjfkm lbg'x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

समाधान सम्वाददाता

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन बिहीबार नयाँदिल्ली जाने भएका छन् ।

भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो ।

Advertisement

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसहित १० देशका राजदूतलाई मन्त्रालयमा बोलाई त्यस्तो जानकारी दिइएको हो । मोदीले बिहीबार साँझ ७ बजे प्रधानमन्त्रीको शपथ लिदैछन । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाइएको थियो ।

यसपटक भने मोदीले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका छन् । शपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

Advertisement

प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच शुक्रबार द्विपक्षीय वार्ता हुनेछ । प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया