हत्या भएकाे ४ वर्षपछि न्यायः आराेपित ३ जनालाई जेल चालन

समाधान संवाददाता २०७६ जेठ १४ गते ११:४८

समाधान संवाददाता, पाेखरा

पोखराको तुलसीघाटमा ४ वर्ष अगाडि सूर्य पाण्डेको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि सोमबार थुनामा पठाएको छ । पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ र उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धर र रामचन्द्र मान्धरलाई पुर्पक्षको लागि थुनामा पठाएको हो ।

सोमबार भएको थुनछेक वहसपछि न्यायाधीश योगेन्द्रप्रसाद साहको इजालसले पुर्पक्षका लागि थुनामा पठाएको फाँटवाला सन्तोष शर्माले बताए ।

Advertisement

यही वैशाख दोस्रो सातामा उनीहरु विरुद्ध सूर्यकी आमा विष्णुले किटानी जाहेरी दर्ता गराएकी थिइन् । वैशाखको तेस्रो सातामा उनीहरु पक्राउ परेका थिए । २०७१ साल फागुन ७ गते सूर्यको शव तुलसीघाटमा भेटिएको थियो ।

विभिन्न भागमा चोट लागेर शरीरबाट रगत निस्केको थियो । सूर्यले मोटरसाइकल वर्कसपमा काम गर्थे । शव भेटिएको अघिल्लो दिन बेलुका साथीसँग झगडापछि साथीहरुले नै सूर्यको हत्या गरेको आरोप जाहेरीमा छ ।

Advertisement

सूर्यका दाजु महेन्द्र पाण्डेले हत्याको शंका लागेको भन्दै शव भेटिएकै दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । तर प्रहरीले आलटाल गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया