चुप छैन पोखरा महानगर– २ बर्षका उत्कृष्ठ दुई सय काम

समाधान संवाददाता २०७६ जेठ १४ गते १३:३६

नयाँ संविधान अनुसार स्थानीय निर्वाचन भई जनप्रतिनिधिले पोखरा महानगरको जिम्मेवारी सम्हालेको २ वर्षमा भएका महत्वपूर्ण कार्यप्रगति एवं उपलब्धिहरुको सार संक्षेप
(१) कानुन महाशाखा
ड्ड नेपालको संविधान २०७२ एवं स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्देश गरे बमोजिम ६ वटा नीति, ८ वटा ऐन, १२ वटा नियमावली, १५ वटा निर्देशिका, १७ वटा कार्यविधि गरी ५८ वटा कानुन बनाइ स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ ।
ड्ड विभिन्न तहका अदालतहरुमा विचाराधीन २६ मध्ये १० मुद्दा महानगरको पक्षमा फैसला भई १६ मुद्दा विचाराधीन अवस्थामा रहेको र तिनको प्रभावकारी रुपमा प्रतिरक्षा गरिएको छ ।
ड्ड न्यायिक समितिमा परेका २५ वटा उजुरीमध्ये ३ वटाको फैसला भइसकेको छ भने बाँकी २२ वटा उजुरीहरुको निरुपण गर्ने कार्य भइरहेको छ ।
ड्ड तेस्रो नगरसभा पछि हालसम्म नागरिकहरुबाट २ सय ५७ वटा ठाडो उजुरी परेकोमा २ सय २ वटा उजुरीको फछ्र्यौट भई ५५ वटा उजुरीको सुनुवाइको क्रममा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
ड्ड स्थानीय तहका लागि न्यायिक समितिको अवधारण नयाँ अभ्यास समेत भएकाले सो बारे जानकारी दिन ब्रोसर प्रकाशित गरी नागरिकलाई वितरण गरिएको छ ।
ड्ड महिला कानुनी परामर्श तथा सहायकताकक्ष सञ्चालन, विभिन्न हिंसामा परेका महिलाको उद्धा गरिएको छ ।
(२) प्रशासन महाशाखा
ड्ड स्थानीय तहका कर्मचारीहरुको एवं संघबाट आउने कर्मचारीहरुको समायोजन प्रक्रिया सम्पन्न भएको छ ।
ड्ड महानगरपालिकाको कार्यालय एवं ३३ वटै वडाहरुमा विद्युतीय हाजिरी लागू गरिएको छ ।
ड्ड महानगर र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापनमा सुधार गरी वडा कार्यालयबाट नै छिटो छरितो सेवा प्रवाहको लागि वडा कार्यालयको संगठन संरचना बलियो बनाइएको छ ।
ड्ड कर्मचारीको आचरण, व्यवहारमा अपेक्षित रुपमा सुधारल्याई नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति लिई गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाहीको दायरमा ल्याउने गरिएको छ ।
ड्ड महानगरको नयाँ लोगो बनाई कार्यान्वयनमा ल्याइएको छ ।
ड्ड जनप्रतिनिधिलाई पोसाकको व्यवस्था गरी कायान्वयन गरिएको छ ।
(३) सहरी पूर्वाधार महाशाखा ः
ड्ड हरेक वडाहरुमा जुनियर इन्जिनियर एव्ां इन्जिनियरहरुको व्यवस्थापन गरी वडास्तरीय योजनाहरुको लागत स्टिमेट गर्ने, संझौता एव्ां कार्य सम्पन्न प्रतिवेदन तयार पार्ने काम अगाडि बढेको छ ।
ड्ड आगामी आर्थिक वर्षमा योजना तर्जुमा गर्दा बजेटले कार्यक्रम माग्ने भन्दा कार्यक्रमले बजेटको माग गर्नेे पद्धति बसाउन योजनाहरुको लागत स्टिमेट गरी सो आधारमा योजना तथा बजेट प्रस्ताव एवं माग गर्ने पद्धतिको थालनी गरेका छौं ।
ड्ड वडाबाट माग भए अनुरुप चालु आर्थिक वर्षमा ७ वटा वडा कार्यालय भवन निर्माण सुरु भएको र आगामी आर्थिक वर्षमा जग्गाको व्यवस्थापन गरी करिब १५ वटा वडा कार्यालय भवन निर्माणको कार्य थालनी गर्ने पहल गरिएको छ ।
ड्ड पोखराका पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिमी, बिरौटाचोक, हरिचोक र मुस्ताङचोकका आइल्यान्डलाई ट्राफिक व्यवस्थापनमा सहज बनाउने र सौन्र्दयकरण गरिएको छ ।
ड्ड सराङकोटमा जग्गा व्यवस्थापन गरी सहिद पार्क निर्माणको काम अघि बढाइएको छ ।
ड्ड सर्वोच्च अदातलको फैसला अनुसार महानगरको जिम्मेवारीमा परेको फेवाताल जलाधार क्षेत्रको संरक्षणको काम सुरु गरिएको छ । खहरे खोलाले बगाएर ल्याएको माटो जन्य पदार्थ निकालिएको र फेवातालमा मिसिने हर्पनखोलासहित पाँच वटा खोलामा सिल्ट्रेसन ड्याम निर्माण गर्न गण्डकी प्रदेश सरकारसँग मिलेर ३४ करोडको योजना अगाडि बढाइएको छ ।
ड्ड सडकको बीचमा पर्ने ८७ स्थानका बिजुलीका पोल स्थानन्तरण गर्ने कार्य अगाडि बढेको छ ।
ड्ड विगत लामो समयदेखि सडक समस्या बनेको पालिखेचोक सडकलाई फराकिलो पारी त्यसलाई सौन्र्दयकरण गर्ने काम भइरहेको छ ।
ड्ड विगत २ वर्षमा ३९ किमी कच्ची सडक, पक्की सडक २ सय २५ किमी निर्माण तथा रिसेलिङ समेत, ७३ किमी ढलान र २० किमी नयाँ सडकको ट्र्याक, नाली निर्माण ६५ किमी गरिएको छ ।
ड्ड नमुना पूर्वाधार निर्माण कार्यक्रममा करिब २ अर्ब ४३ करोड लागतका १ सय ४७ वटा योजनाहरुको टेन्डर गरी काम अगाडि बढाइएको छ । मेयर नमुना पूर्वाधार योजना अन्तर्गत मुख्य सहरी सडक अस्फ्लान्ट कंक्रिट गर्नेका लागि काम सुरु गरिएको छ ।
ड्ड भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै इन्जिनियर व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि गुणस्तर मापन प्रयोगशाला सञ्चालनको लागि पूर्वाधार तयार गरिएको छ ।
ड्ड एक वडा एक खेल मैदान अन्तर्गत २१ स्थानमा पहिलो चरणमा खेल मैदान निर्माणको काम सुरु गरिएको छ ।
ड्ड १५ स्थानमा सार्वजनिक शौचालय निर्माण सुरु गरिएको छ ।
ड्ड खुल्ला व्यायामशाला निर्माण कार्यलाई अगाडि बढाइएको छ ।
ड्ड हामी बनाउँछौं हाम्रो महानगर कार्यक्रम सञ्चालन गरी भित्री तथा साना सडक निर्माण तथा खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको छ । सहरी सडक सञ्जालमा धुले सडक लगभग २५ प्रतिशतमा सीमित गरिएको छ ।
ड्ड महानगरपालिकाको कार्यालयबाट सबै वडाहरुको केन्द्रसम्म जोड्ने २७ वटा पहुँच मार्ग अर्थात कनेक्टिङ सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी रु. १ अर्ब १६ करोड बराबरको टेन्डर भई कार्य अगाडि बढेको छ ।
क्र.सं. सडकको नाम क्र.सं. सडकको नाम
१ शिवालय बतासे मनिपाल सडक १५ विजयपुर सुर्केमैदान सडक २८
२ पामेदेखि २४ नं. वडा कार्यालय जोड्ने सडक १६ देउराली कमेरेगुण्डा, १८ वडा मार्ग
३ छोरेपाटनदेखि वडा नं. २१ जोड्ने सडक १७ मनिपाल मौजा बिसौना सडक २०
४ खराने राखीडाँडा सडक वडा २६ १८ ३३ नं. वडादेखि ठूल्ढुंगा सडक
५ झाझरमारे देउमाणी ओख्ले सडक २८ १९ कात्रे बाम्दी घाटछिना सडक
६ स्यांङखुदी कँडेल गाउँसडक २८ २० चितेपानी रैकर माछापुच्छ«े सडक
७ लेखनाथ शिरोमणि मार्ग २१ खत्री पहिरो खोलाबेसी बेत्यानी सौर्य सडक
८ रतिखहरेघाट निर्मलपोखरी मार्ग २२ महेन्द्रगुफा अर्मलाकोट मौजा सडक
९ घार्मीखोला जुम्लेटी ढिकीडाँडा तितेपानी मार्ग वडा १९ २३ तिलाहार काउलेपानी तारेभिर सडक
१० आपकुना चिलिमेडाँडा गुन्टेचौर सेरा मार्ग वडा २४ २४ शिवालय थाप्ले तिलाहार बासपानी चिलाउनेखर्क सडक
११ कुलायन मौजा सडक वडा २० २५ आरुपाटा कालिका सडक २८
१२ खपौदी देखि १८ नं. वडा सम्मको मार्ग २६ काहुँखोला पहिरोपानी चिसापानी मौजा डाँडागाउँ सडक १३
१३ अमलाबेसी तल्लाथर घार्मी सडक
वडा १९ २७ बागलुङ बसपार्क कास्कीकोट सडक
१४ ठूलाखेत चैनपुर हर्पन पञ्चासे सडक २३

गण्डकी प्रदेश सरकारसँग मिलेर महानगरले ९ वटा योजना अगाडि बढाएका छ । ती योजनाको सम्झौता भई काम समेत सुरु भएको छ । माछापुच्छे« प्रतिविम्ब पार्क निर्माणले ताल परिसरमा पर्यटकको संख्या वृद्धि गर्नेछ । यी योजनाका लागि महानगरले १२ करोड ५६ लाख र प्रदेश सरकारले ४ करोड ६० लाख विनियोजन गरेका छन् ।
१. सुइखेत खोला नियन्त्रण
२. स्मार्ट शौचालय निमार्ण
३. लेखनाथ साना सहरी खानेपानी आयोजना
४. आर्बा मौजा कुलायन मार्ग
५. काहुँखोलादेखि ¥यालेचौरअतिघर सडक
६. जनचेतना चिलाउने खर्क बस्पनी तिलाहर शिवालय सडक
७. भलाम ¥यालेचौर बिसौना मौजा सिक्लेस सडक
८. संगम नगर दुम्रीखेत सोती सडक
९. माछापुच्छे« प्रतिविम्ब पार्क

पोखरा महानगरले केन्द्रीय सरकारसँगको साझेदारीमा ४ वटा योजना अगाडि बढाएको छ । ती योजनामा महानगरले १५ करोड ६८ लाख र केन्द्रीय सरकारले ११ करोड ४५ लाख विनियोजन गरेका छन् ।
१. विजयपुर कालिकाहुँदै बेगनास सडक
२. बैदाम पामे घाँटछिना सडक
३. घाँटछिना दमदमे सिदाने सडक
४. मोहरिया लामस्वारा स्याङखुदी आनन्दज्योति लप्सीडाँड सडक

Advertisement

ड्ड सिर्जनाचोकमा अत्याधुनिक आकाशेपुल निर्माणको लागि काम अगाडि बढाइएको छ । जसको लागि बोलपत्र आह्वान गरी छनोट प्रक्रिया समेत सम्पन्न गरिएको छ ।

(४) अनुगमन तथा मूल्यांकन शाखा
ड्ड उपप्रमुखज्यूको संयोजकत्वमा अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण समिति गठन भई समितिको कार्यविधि व्यवस्थित गर्ने एवं फारामहरुको विकास गरी संस्थागत रुपमा अनुगमन तथा मूख्यांकन कार्य सुरु भएको छ ।
ड्ड वडाहरुमा सञ्चालित वडास्तरीय एवं महानगरस्तरीय योजनाहरुको अनुगमन गरी सो को प्रतिवेदन पद्धति बसेको छ ।
ड्ड मासिक रुपमा वडा सचिव तथा महाशाखा÷शाखाको बैठक बसी प्रगितबारे जानकारी लिने र भावी योजना बनाउने गरिएको छ ।
(५) सूचना तथा प्रविधि शाखा
ड्ड स्मार्टसिटी पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयमा केन्द्रिकृत इन्टरनेट इन्ट्रानेट प्रणाली जडान गरी महानगर र वडाका सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै लगिएको र महाशाखा÷ शाखाहरुमा नेटवर्किङ गरी इन्टरनेट सेवा व्यवस्थित गरिएको छ ।
ड्ड मुख्य चोक पृथ्वीचोक, हल्लनचोकदेखि राष्ट्रबैंक चोक, जिरोकिमी, सिर्जनाचोक, सभागृहचोक, बिरौंटाचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक लगायतमा सिसिटिभी क्यामरा जडान गरिएको छ ।
ड्ड व्यक्तिगत घटना दर्ता, घरनक्सा पेस एवं कर प्रणालीलाई सूचना प्रविधिको उपयोग गरी विद्युतीय पद्धतिमा लगिएको छ ।
ड्ड बाराहीघाट, पोखरा विमानस्थल, गण्डकी अस्पताल, बेगनासताल, सराङकोट, डेभिजफल, विन्ध्यवासिनी मन्दिर, मालेपाटन बगंैचा, लेखनाथ सामुदायिक अस्पताल, बाटुलेचौर, शान्ति स्तूप लगायत महानगरका १५ स्थानमा फ्रि वाइफाईको व्यवस्था गरिएको छ ।
ड्ड वार्षिक योजना पुस्तिका प्रकाशन, राजपत्रहरुको प्रकासन, वडा नागरिकपत्रहरुको प्रकाशन, नागरिकहरुका सूचनाको हक प्रवद्र्धन हुने गरी सूचना प्रवाह समेतका कार्य गरिएको छ ।
ड्ड पुराना कागजात एवं अभिलेखहरुको डिजिटाइज्ड गर्ने कार्य गरिएको छ ।
ड्ड पोखराको विभिन्न विषय समेटिएको म्याप बुक तयार गरी प्रकाशन गरिएको छ ।
ड्ड महानगरको मुखपत्र पोखरा दर्पणलाई २०७५ माघदेखि त्रैमासिक रुपमा प्रकाशन सुरु गरिएको छ ।
ड्ड आरएफआइडी मा आधारित पुस्तकालय स्थापनाको काम भण्डारढिकमा सुरु गरिसकिएको छ ।
(६) घरनक्सा महाशाखा
ड्ड १० हजार पुराना घरनक्सा, घर सम्पन्नको कागजात समेतलाई डिजिटाइज्डगरिएको छ ।
ड्ड घरनक्सा पेश गर्ने र स्वीकृति दिने कार्यलाई डिजिटाइज्डपद्धतिमा लगिएको छ ।
ड्ड १ हजार स्क्वायर फिट प्लिन्थ एरिया र कुल ३ हजार स्क्वायर फिट सम्मको घरनक्साको सबै कार्य सम्बन्धित वडाहरु बाटै हुने गरेको छ । पोखराको मापदण्डले गर्दा जनताले भोगेका समस्यालाई मध्यनजर गर्दै मापदण्ड सम्बन्धी नियम तयारपारी जारी गरिएको छ ।
ड्ड घर नक्सा ड्रोइङ÷डिजाइन कार्यविधि अनुसार २९ वटा व्यक्ति वा फर्मसँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ ।
(७) नापी शाखा
ड्ड हरेक वडाहरुमा छरिएर रहेका सार्वजनिक जग्गाहरुको नापजाँच, खोजी गरी संरक्षणको कार्य गरिएको छ ।
ड्ड विवादित बाटाघाटा, नदीखोला, साँधसिमाना, तालतलैयाहरुको नाम नक्सा गरी विवादहरुको शीघ्र व्यवस्थापन गरिएको छ ।
ड्ड सार्वजनिक जग्गाको अभिलेख तयार पारिएको र वडा नम्बर १५,१८ र १९ का महत्वपूर्ण सार्वजनिक जग्गालाई संरक्षण एवं ताबार गरिएको छ ।
(८) जिन्सी शाखा ः
ड्ड जिन्सी सम्पत्तिको व्यवस्थापन गर्न सफ्टवेयरको विकास गरिएको एवं वडा वडामा सहज सेवा प्रवाहका लागि आवश्यक लजिस्टिक चौमासिक रुपमा एव्ां निर्वाद आपूर्तिको व्यवस्थापन गरिएको छ ।
ड्ड महानगरमा गाभिँएका विषयगत कार्यालय, वडाहरुको जिन्सी सम्पत्तिको अभिलेखीकरण र व्यवस्थापन गरिएको छ ।
(९) विपद् व्यवस्थापन एवं निरीक्षण महाशाखा
ड्ड विपद् उत्थानशील नगरको रुपमा विकास गर्न विपद् उत्थानशील क्षमताको विकास सम्बन्धी कार्यहरु समन्यात्मक रुपमा अगाडि बढाइएको छ ।
ड्ड फुटपाथमा जथाभावी व्यापार गर्ने कार्यमा नियन्त्रण गरिएको छ ।
ड्ड सार्वजनिक जग्गाहरुको संरक्षण गर्ने कार्य भएको छ ।
ड्ड बिना नक्सा बनेका घर टहरा हटाउने कार्य गरिएको छ ।
ड्ड महानगरस्तरीय विपद् व्यवस्थापन समिति, विपद् व्यवस्थापन कोष सञ्चालन समिति गठन गरिएको छ ।
(१०) सामाजिक सुरक्षा एव्ां सामाजिक विकास महाशाखा
ड्ड जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछिको पहिलो निर्णय अनुसार पोखरा महानगरपालिका भित्रका ज्येष्ठ नागरिकालाई नेपाल सरकारले दिएको सामाजिक सुरक्षा भत्तामा १० प्रतिशत थपेर वितरण गरिएको छ ।
ड्ड अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, ज्येष्ठ दलित नागरिकहरुलाई परिचयपत्र वितरण एवं सामाजिक सुरक्षाको व्यवस्थालाई थप सुदृढ गरिएको छ ।
ड्ड महिलाहरुको क्षमता विकासको लागि महिलासँग उपमेयर कार्यक्रम, बालमैत्री कार्यक्रम, आय आर्जनका कार्यक्रमसहित लक्षित वर्गको सशक्तीकरण एवं क्षमता विकासका कार्यक्रमहरु सञ्चालित गरिएको छ । यस वर्ष तालिम, गोष्ठी भन्दा पनि जिविकोपार्जनमा सहयोगी बन्ने आयमूलक तथा सीममूलक कार्यक्रम वडा वडामा सञ्चालन गरिएको छ ।
ड्ड साना सहरी, बेगनास, भरतपोखरी, माझठाना, लगायतका आयोजनामा साझेदारी तथा अन्य साना खानेपानी आयोजनामा १२ करोड लगानी गरी कार्य अगाडि बढाइएको छ ।
(११) सहकारी शाखा
ड्ड सहकारी ऐन, २०७५ निर्माण गरी सहकारी क्षेत्रको विकासको लागि सहकारी समिति गठन गरिएको एव्ां विभिन्न १७ वटा सहकारी संस्थाहरुलाई यस महानगरपालिकामा दर्ता गरिएको छ ।
ड्ड सहकारी शिक्षा, सहकारी संस्थाहरुको अनुगमन, सहकारी सुशासन सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
ड्ड सहकारीमा लेखा व्यवस्थापन कार्यशालाहरु आयोजना गरिएको छ ।
(१२) कृषि महाशाखा
ड्ड १ सय स्थानमा थोपा सिँचाई, १सय वटा साना सिँचाई सञ्चालन गरी कृषियोग्य क्षेत्र एवं सिञ्चित क्षेत्रको विस्तार गरिएको छ ।
ड्ड ६ सय वटा कम्पोस्ट बिन वितरण गरी घरमै कम्पोस्ट मलको उत्पादनसहित कौंसी खेतीको प्रवद्र्धन गरी वातावरण संरक्षण, फोहोरको व्यवस्थापन र सहरी हरियालीको प्रवद्र्धन गरिएको छ ।
ड्ड ९८ वटा हाते ट्याक्टर वितरण गरी कृषिमा यान्त्रिकीकरण गर्ने एवं नयाँ प्रविधि भिœयाउने कार्य गरिएको छ ।
ड्ड ६० वटा स्थायी प्लास्टिक घर निर्माण, ४सय ५० वटा अस्थायी प्लास्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती प्रवद्र्धन गरी तरकारी आयातलाई न्यूनीकरण गर्ने कार्य गरिएको छ ।
ड्ड २ सय वटा भकारो सुधार, १ सय टन प्रांगारिक मल अनुदान वितरण गरी प्रांगारिक कृषिलाई प्रोत्साहन गरिएको छ ।
ड्ड ४५० वटा माहुरी घार वितरण गरी मह उत्पादनलाई प्रोत्साहन गरिएको छ ।
ड्ड ४० हजार फलफूल बिरुवा वितरण, सुन्तला बगंैचा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी नेपाललाई फलफूल बगैंचा बनाउने प्रधानमन्त्रीको आह्वानलाई टेवा पु¥याउने कार्य गरिएको छ ।
ड्ड लेखनाथमा कृषि बजार तथा कस्टम हायरिङ केन्द स्थापना र बिरौटामा किसान बजार स्थापनाको पहल गरी बिचौलियाहरुको शोषण अन्त्य गरी किसानहरुलाई सहज बजार पहँुच विस्तारको कार्य थालनी भएको ।
ड्ड मेयर प्रविधि मैत्री परियोजना सञ्चालन गरी किसानलाई आर्थिक सहयोग गरिएको छ ।
(१३) सरसफाइ शाखा
ड्ड फोहोरमैलाको स्रोतमै वर्गीकरणको अभ्यास सुरु गरिएको छ । निजी क्षेत्रसँग साझेदारी गरी फोहोरमैला व्यवस्थापनको कार्यलाई थप व्यवस्थित गरिएको छ ।
ड्ड छाडा चौपायालाई नियन्त्रण गरिएको छ ।
ड्ड १ सय ४० स्थानमा बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।
(१४) पशु सेवा महाशाखा
ड्ड नेपालमै पहिलो पटक यस महानगरपालिकाले १० वटा पशुसेवा केन्द्र स्थापना एवं व्यवस्थापन गरी ९२ प्रकारका पशु सम्बन्धी औषधी निशुल्क वितरण गर्ने कार्य सुरु गरिएको छ ।
ड्ड व्यवसायिक रुपमा दर्ता भएका सबै पशु व्यावसायिक फर्महरुलाई यसैबाट न्यूनतम अनुदानको व्यवस्था गरिएको छ ।
ड्ड १८ वटा व्यावसायिक दुग्ध संकलन केन्द्रमा मिल्क एनालाइजर मेसिन उपलब्ध गराइएको एवं १० स्थानमा चिलिङ भ्याट उपलब्ध गराई स्वस्थ दुध उत्पादन र उपभोगमा उल्लेख्य कार्य गरिएको छ ।
ड्ड बाँझो जग्गालाई उपयोग गर्न १ हजार ७ सय ५३ रोपनी बाँझो जग्गामा उन्नतघाँस लगाए वापतप्रति रोपनी रु. ३ हजार अनुदान वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
ड्ड पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा ग्यारेज र कवाडी संकलन केन्द्रहरुमा छानो राखी व्यवस्थित गर्ने प्रक्रियामा अगाडि बढाइएको छ ।
(१५) आर्थिक प्रशासन महाशाखा
ड्ड बजेट निर्माण यथासमयमा सम्पन्न गर्ने कार्य गरिएको छ ।
ड्ड पेश्की फरफारकको लागि ताकेता गरी पेश्की घटाउने कार्य गरिएको छ ।
ड्ड भुक्तानी प्रक्रियालाई छिटो छरितो र सरल बनाइएको छ ।
ड्ड करिब २ करोड बराबर बेरुजुको संपरीक्षण एवं बेरुजु फछ्र्यौट गरिएको छ ।
ड्ड साविक लेखनाथ नगरपालिकाको भवनमा यसै आर्थिक वर्ष भित्र आर्थिक अधिकारसहितको सेवा केन्द्र स्थापनाको काम अगाडि बढाइएको छ ।
(१६) शिक्षा महाशाखा
ड्ड शिक्षा नियमावली निर्माण गरी महानगरपालिकाबाटै मावि स्तरसम्मको शैक्षिक व्यवस्थापन गरिएको छ ।
ड्ड शुक्रराज मावि, व्रह्मारुपा मावि, जनप्रिय मावि, महेन्द्र मावि भलाम र अम्बिका माविसहित ५ वटा माविमा प्राविधिक धारको शिक्षा सञ्चालन गरिएको छ ।
ड्ड बालमैत्री शिक्षाको अवधारणाको अवलम्बन गरी धुलोमुक्त कक्षा सञ्चालनका लागि विद्यालयहरुमा ह्वाइटबोर्ड वितरण र बालमैत्री शिक्षण पद्धतिको अनुशरण गरिएको छ ।
ड्ड महानगर भित्र रहेको सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोमुक्त बनाइएको छ ।
ड्ड पूर्व प्राविका बालबालिकाको लागि दिवा खाजाको व्यवस्था गरिएको छ ।
ड्ड २६ वटा वडाहरुलाई अनिवार्य तथा निशुल्क शिक्षाको सुनिश्चिताको घोषणा गरिएको छ ।
ड्ड शीतला मावि, भद्रकाली मावि, श्रीकृष्ण मावि, जनप्रकाश मावि र गोगन माविलाई सूचना प्रविधि मैत्री नमुना विद्यालयको रुपमा विकास गरिएको छ ।
ड्ड सबै विद्यालयहरुलाई क्रमशः स्मार्ट विद्यालयको रुपमा विकास गर्ने गरी हाल कालिका मावि र त्रिभुवन शान्ति माविको विस्तृत गुरुयोजना निर्माण गरिएको छ ।
ड्ड बहु प्राविधिक शिक्षालयको सञ्चालन निम्ति पश्चिमाञ्चल क्याम्पससँग सहकार्य गरी आवश्यक प्रक्रिया सुरु गरिएको छ ।
ड्ड महानगरपालिकाभित्र ८९ जना सडक बालबालिकाको पहिचान गरी उनीहरुको पुनस्र्थापनाको लागि पुनस्र्था केन्द्र सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
(१७) वातावरण शाखा
ड्ड घाटहरुको वातावरणी प्रभाव मुल्यांकन अध्ययन, चौतारी एवं पोखरी संरक्षण, पार्क व्यवस्थापन, भूक्षय नियन्त्रण सम्बन्धी कार्य गरी जलवायु अनुकुलन सम्बन्धी कार्यक्रमहरु गरिएको छ ।
ड्ड सेतीनदी किनारमा इलेक्ट्रिक शवदाह निर्माण काम अगाडि बढाइएको छ ।
(१८) स्वास्थ्य महाशाखा
ड्ड २८ वडाहरुमा वडास्तरमा आधारभूत स्वास्थ्य केन्द्रहरुको स्थापना एव्ां व्यवस्थापन गरी वडास्तरमा नागरिकहरुलाई निशुल्क आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गर्ने कार्य गरिएको छ ।
ड्ड ज्येष्ठ नागरिकहरुलाई वडास्तरमै निशुल्क स्वास्थ्य जाँच एवं उपचारको विशेष व्यवस्था गरिएको छ ।
ड्ड समुदायस्तरमै महिलाहरुको विशेष स्वास्थ्य समस्या जस्तैः पाठेघर मुखको क्यान्सर, स्तनको क्यान्सरको स्क्रिनिंग तथा उपचारको रेफर गर्ने गरिएको छ ।
ड्ड निशुल्क औषधी तथा स्वास्थ्य सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता गरिएको छ ।
ड्ड गर्भवती एवं सुत्केरी महिला तथा शिशुहरुको पोषण प्रद्र्धन एवं खोप सेवाको नियमितता गरिएको छ ।
ड्ड स्वास्थ्य संस्थामा प्रसूति हुने आमा तथा जन्मिने बच्चाको स्वास्थ्य रक्षाको लागि न्यानो कपडा एवं यातायात खर्चको व्यवस्था गरिएको छ ।
ड्ड वडा नम्बर ९ को पुरानो दमकल भएको ठाउँमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी चिकित्सकसहित २६ वटा सेवा निशुल्क प्रदान गरिएको छ । वडा नम्बर ४ गणेशटोल, ९ को पूरानो वडा कार्यालय, १० को साविक वडा कार्यालय, २९ को भण्डारढिक र ३३ को लामगादीमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी १७ वटा सेवा निशुल्क प्रदान गरिँदै आएको छ । ५ वटा वडामा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्ने योजना छ ।
(१९) आन्तरीक लेखा परीक्षण शाखा (आलेप)
ड्ड निरन्तर आलेप गर्ने पद्धति कायम गरी आर्थिक जवाफदेहिता वृद्धि सम्बन्धी कार्य गरिएको छ ।
ड्ड विभिन्न वडाहरु एवं शाखाहरुबाट उठाउने राजश्वको भिडान गरी थप राजश्व असुल उपर गराउने कार्य गरिएको छ ।
ड्ड लेखा समिति गठन, सोको कार्यविधि निर्माण गरी नगरको आर्थिक कार्यप्रणालीको नियमन गर्ने कार्य सुरु गरिएको छ ।
(२०) सार्वजनिक निजी साझेदारी
ड्ड सार्वजनिक निजी साझेदार सम्बन्धी विधि निर्माण गरी निम्न योजनामा सार्वजनिक निजी साझेदारी गर्न आशयपत्र माग गरी कार्य अगाडि बढाइएको छ ।
(क) सराङकोट पूर्वाधार विकास
(ख) सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास
(ग) पाताले छाँगोमा सिसाको पुल निर्माण
(घ) बेगनास एवं फेवा तालमा वाटर स्पोर्टस् सञ्चालन
(ड.) डिजिटल होर्डिङ बोर्ड व्यवस्थापन

Advertisement

(२१) राजश्व शाखा
ड्ड २० वटा वडाहरुमा राजश्व सम्बन्धी सफ्टवेयर जडान गरी करदाता नागरिकहरुलाई सम्बन्धित वडाबाटै राजश्व बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
ड्ड साविक लेखनाथ र तत्कालीन पोखरा उपमहानगरपालिकाको फरक फरक कर प्रणालीलाई एकीकृत गरी कर प्रणालीमा समानता र एक रुपता कायम गरिएको छ ।
ड्ड आर्थिक ०७३।०७४ मा ३५ करोड आन्तरिक राजश्व उठ्ने गरेकोमा आर्थिक वर्ष ०७४।७५ मा करिब ५० करोड संकलन भएको र चालु आर्थिक वर्षमा करिब १ अर्ब ७० करोड राजश्व संकलन लक्ष्य लिइएको र सोही अनुपातमा राजश्व संकलन भइरहेको छ । जसले गर्दा राजश्व वृद्धिमा उत्साहजनक अवस्था सिर्जना भएको छ ।
ड्ड कर प्रणालीमा आधुनिक पद्धति मानिने सम्पत्तिकर एवं घर वहाल करलाई थप व्यवस्थित र सरलीकरण गरी लागू गरिएको छ ।
ड्ड कर प्रणालीमा दर बढाउने भन्दा दायरा वृद्धि गर्ने गरी प्रगतिशिल करको सिद्धान्त एव्ां करदातामैत्री कर प्रणालीको अवलम्बनको प्रयास गरिएको छ ।
(२२) पञ्जीकरण शाखा
ड्ड नागरिकहरुका व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सरलीकरण गर्न सबै वडाहरुमा नेटवर्किङ गरी अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
ड्ड सबै प्रकारका व्यक्तिगत घटना दर्ताको संशोधन सम्बन्धी मार्गदर्शन गर्ने एवं सो सम्बन्धी अभिलेखलाई थप व्यवस्थित गरिएको छ ।
(२३) अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार
ड्ड विश्वका विभिन्न देशका सहरहरुसँग भगिनी सम्बन्ध विस्तार गर्ने कार्य निरन्तर चलिरहेको छ । पोखराले अहिलेसम्म जापानको कोमागाने, चिनको लिन्जी, कुन्मिङ, गुञ्जाओ, छिन्चु, छुसाओ, नानिङ, युबिन, हाइकाउ लगायतका सहरसँग र दक्षिण कोरियाको ग्यांबुक गु सहरसँग पनि भगिनी सम्बन्ध छ ।

तपाईको प्रतिक्रिया