तनहुँमा ९ सय नागरिकता वितरण

कृष्ण न्यौपाने
दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँले १ महिनामा मात्रै ९ सय भन्दा बढी नागरिकता वितरण गरेको छ । गत वैशाखमा ९ सय ३ वटा वंशजको नागरिकता वितरण गरिएको प्रशासनले जनाएको छ । त्यस्तै सोही अवधिमा ५ सय ४७ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म वंशजको नागरिकता ७ हजार ५ सय ७४, वैवाहिक अङ्गिकृत १४ र प्रतिलिपि ४ हजार ६ सय ११ वटा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । तनहुँमा चालु आर्थिक वर्षमा ३ जनाले नागरिकता परित्याग गरेका छन् ।
प्रशासन कार्यालयका अनुसार वैशाख महिनामा २५ वटा नाबालक परिचयपत्र वितरण भएको छ । त्यस्तै जिल्लाबाट सिफारिस भई ५ सय २८, दु्रत सेवामार्फत् २ सय ३ र जिल्लाबाटै ५ सय ८० वटा राहदानी वितरण गरिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म जिल्लाबाट सिफारिस भई ४ हजार ९ सय ६१, दु्रत सेवामार्फत् १ हजार ८ सय ३७ र जिल्लाबाटै ३ हजार ८ सय ४१ राहदानी वितरण भएको छ । वैशाख महिनामा विपद् पीडितलाई १ लाख ५० हजार आर्थिक सहायता वितरण गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै सोही महिनामा ५ वटा मुद्दा दर्ता, ७ वटा मुद्दा फछ्र्यौट भएको छ भने ७४ वटा आदिवासी जनजाति प्रमाणित, ३३ वटा दलित प्रमाणित, १ सय ५६ पेन्सन सिफारिस र २ सय १४ अन्य सिफारिस गरिएको छ ।
९ वटा संस्था दर्ता भएको वैशाखमा २२ वटा संस्था नवीकरण भएको कार्यालयले जनाएको छ । त्यस्तै २ सय ४० वटा तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण भएको वैशाख महिनामा १ जना शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस गरिएको छ । चैत मसान्तसम्म २ सय ४० वटा तिब्बती शरणार्थी परिचयपत्र नविकरण भएको थियो भने ५ जना शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस भएको थियो ।
वैशाख महिनामा संस्था दर्ताबाट ४० हजार ४ सय ५०, राहदानी दस्तुरबाट २७ लाख ६२ हजार ५ सय, न्यायिक दण्ड जरिवानाबाट १२ हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया