गणतन्त्र संस्थागत गर्न मुख्यमन्त्रीकाे आह्वान

समाधान संवाददाता २०७६ जेठ १५ गते ११:४०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गणतन्त्र दिवस २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गरेका छन् । गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उक्त आन्दोलनमा योगदान पुर्‍याएकाहरुप्रति उनले सम्मान प्रकट गरेका छन् ।

‘गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा संविधानको मर्म र भावना अनुरुप सहकारिता सहअस्तित्व र समन्वयको सिद्धान्त वमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई प्रगाढ र सार्थक बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफलीभूत पार्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ मुख्यमन्त्री गुरुङले जारी गरेको वक्तव्यमा भनिएको छ ।

Advertisement

महान त्याग, योगदान र बलिदानको प्रतिफलस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ पार्न उनले आह्वानसमेत गरेका छन् । ‘सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भई इमान्दारीपूर्वक, प्रतिबद्धता र सकारात्मक सोचका साथ अगाडि बढ्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्दै गणतन्त्र दिवस२०७६ को अवसरमा सबैमा हार्दिक शुभकामना प्रकट गर्दछु,’ वक्तव्यमा छ ।

Advertisement

तपाईको प्रतिक्रिया