एम्नेस्टीको स्थापना दिवस

समाधान संवाददाता, पोखरा
एम्नेस्टी इन्टरनेसनल नेपाल शिक्षक तथा सामाजिक कार्यकता समूह ८२, अन्नपूर्ण समूह ५४ र बाराही युथ नेटवर्कले ५८ औं स्थापना दिवस पोखरामा मनाएको छ ।
मंगलबार जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए अध्ययनरत ८० जना विद्यार्थीलाई मानव अधिकार शिक्षा अन्तक्र्रियामार्फत प्रदान गरिएको थियो । कार्यक्रममा मानव अधिकार तथा एम्नेस्टीको विश्वब्यापी अभियानबारे विद्यार्थीलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दीपकध्वजजंग कार्कीले मानव अधिकारका व्यवहारिक तथा समसामयिक विषयबारे बोलेका थिए । कार्यक्रममा समूह ५४ का संयोजक अनन्तप्रसाद कोइरालाले विद्यार्थीलाई एम्नेस्टीको स्थापना तथा हाल भइरहेको एम्नेस्टी अभियानबारे प्रकाश पारेका थिए । एम्नेस्टीका दीपेन्द्र अर्यालले मानव अधिकारका विविधपक्षमा चर्चा गरे । जनप्रिय बहुमुखी क्याम्पस बिबिएका कोअर्डिनेटर मेघराज पौडेलले एम्नेस्टी स्थापनाको अवसरमा सिक्नु र सिकाउनु पर्ने विषय धेरै भएको चर्चा गरे ।
समूह ८२ का संयोजक टंकप्रसाद भण्डारीको संयोजकत्वमा भएको कार्यक्रम समूह ८२ का सचिव रमेश बरालले सञ्चालन गरेका थिए । सचिव बरालले एम्नेस्टीले साँझ आफ्नो स्थापना दिवसका अवसरमा पोखराको चिप्लेढुंगा मानवअधिकार चोकमा दीप प्रज्ज्वलन गरिएको जानकारी दिए । दीप प्रज्ज्वलन कार्यक्रममा एम्नेस्टी समूह ८२ का संयोजक हेरम्बप्रसाद कोइरालाले सुभारम्भ गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया