एम्नेस्टीको स्थापना दिवस

समाधान संवाददाता, पोखरा
एम्नेस्टी इन्टरनेसनल नेपाल शिक्षक तथा सामाजिक कार्यकता समूह ८२, अन्नपूर्ण समूह ५४ र बाराही युथ नेटवर्कले ५८ औं स्थापना दिवस पोखरामा मनाएको छ ।
मंगलबार जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए अध्ययनरत ८० जना विद्यार्थीलाई मानव अधिकार शिक्षा अन्तक्र्रियामार्फत प्रदान गरिएको थियो । कार्यक्रममा मानव अधिकार तथा एम्नेस्टीको विश्वब्यापी अभियानबारे विद्यार्थीलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दीपकध्वजजंग कार्कीले मानव अधिकारका व्यवहारिक तथा समसामयिक विषयबारे बोलेका थिए । कार्यक्रममा समूह ५४ का संयोजक अनन्तप्रसाद कोइरालाले विद्यार्थीलाई एम्नेस्टीको स्थापना तथा हाल भइरहेको एम्नेस्टी अभियानबारे प्रकाश पारेका थिए । एम्नेस्टीका दीपेन्द्र अर्यालले मानव अधिकारका विविधपक्षमा चर्चा गरे । जनप्रिय बहुमुखी क्याम्पस बिबिएका कोअर्डिनेटर मेघराज पौडेलले एम्नेस्टी स्थापनाको अवसरमा सिक्नु र सिकाउनु पर्ने विषय धेरै भएको चर्चा गरे ।
समूह ८२ का संयोजक टंकप्रसाद भण्डारीको संयोजकत्वमा भएको कार्यक्रम समूह ८२ का सचिव रमेश बरालले सञ्चालन गरेका थिए । सचिव बरालले एम्नेस्टीले साँझ आफ्नो स्थापना दिवसका अवसरमा पोखराको चिप्लेढुंगा मानवअधिकार चोकमा दीप प्रज्ज्वलन गरिएको जानकारी दिए । दीप प्रज्ज्वलन कार्यक्रममा एम्नेस्टी समूह ८२ का संयोजक हेरम्बप्रसाद कोइरालाले सुभारम्भ गरेका थिए ।








‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया