विकासले गतिलिँदै

समाधान संवाददाता २०७६ जेठ १५ गते १४:३०

जीवनप्रसाद आचार्य
वडा अध्यक्ष
पोखरा—१६

स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भएर सपथ ग्रहण गरी जिम्मेवारी लिएको दुई वर्ष पूरा हुन लागेको छ । २०७४ वैशाख ३१ मा भएको निर्वाचनपछि हामीले जिम्मेवारी लिइरहँदा वर्षाको सिजन रहेकोले वर्षाको समय भएकोले कतै बाढी र कतै पहिरोको कारण जनजीवनलाई प्रभावित बनाइ रहेको थियो ।

पहिरो पन्छाउने बजेट वडामा केही थिएन भत्केका नाला बनाउने बजेट नहुँदा पनि हामीले जमानतमा बसेर डोजर प्रयोग गरी नाला बनाइ तत्कालको विपतलाई टारेका थियौं । त्यस बेला खर्च भएको रकम भाद्र महिनामा मात्र नगरपालिका बाट प्राप्त गरी चुक्ता गरिएको थियो । यसरी हामीहरु निर्वाचित हुने वित्तिकै हाम्रो एक प्रकारको परीक्षण भएको थियो । हामीहरुलाई जनताको बीचमा निखारिने अवसर प्राप्त भएको थियो ।

Advertisement

२०७४ असार २९ मा भएको पहिलो नगरसभाले वडा स्तरीय बजेटको रुपमा १ करोड २० लाख, नगर स्तरमा २ करोड र कनेक्टिङ रोड अन्तर्गत घार्मीखोला अर्मलाकोट आँटीघर मौजा सडकको १ करोड ५० लाख र घार्मीखोला जुम्लेटी ढिकीडाँडा सुडाको मुखहुँदै तितेपानी सडकको लागि १ करोड ५० लाख विनियोजन भएको थियो ।

खानेपानी, चौतारा निर्माण र ५०% जनसहभागिताको रकम जोड्दा झण्डै ८ करोड बराबरको काम नगरपालिकाको बजेट बाट मात्रै वडाको विकास भएको छ भने ०७५÷०७६ को सम्पन्न नगर सभाले वडा स्तरीय, नगरस्तरीय, कनेक्टिङ रोड, खानेपानी, पक्की मोटरेबलपुल गरी झण्डै ८ करोड बराबरको विकासको काम भइरहेको छ भने संघ र प्रदेशको चुनाव भई तिनै तहमा सरकार निर्माण भइसकेको हुदाँ यो वर्ष संघबाट र प्रदेशबाट पनि केही बजेट हाम्रो वडामा परी यो वर्ष काम भइरहेको छ ।

Advertisement

विशेष गरी केन्द्रीय रुपमा पर्यटन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारी यसै क्षेत्रबाट निर्वाचित भएकोले पनि पर्यटन मन्त्रालय मार्फत यो वर्ष झण्डै ४ करोड बराबरको बजेट परी विकासको कामले तीव्र रुपमा गति लिइरहेको छ । प्रदेशबाट पनि झण्डै २ करोड बराबरको विकास निर्माणको काम जारी अवस्थामा छ ।

केन्द्रीय योजनामा थुप्रै योजनाहरु स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पारेको हुदाँ ती योजना पाइप लाइनमा छन । रवीन्द्रको भौतिक शरीर हाम्रो बीचमा नभए पनि ती योजना फलो गरी हाम्रो क्षेत्रको विकासमा तीव्र गतिका साथ लाग्नु आजको आवश्यकता हो ।

विकासमा पछाडि परेको हाम्रो क्षेत्रले उज्ज्व्ल नक्षेत्र रवीन्द्र अधिकारीलाई गुमाउँदा आम जनतालाई नै ठूलो पिडा भइरहेको छ । तर हामी अब समालिँदै वडाको विकासमा लागि रहनुपर्छ र जनताले हामीलाई दिएको जिम्मेवारी इमान्दारीका साथ पूरा गर्नु पर्छ ।

हाम्रो अन्तर आत्मादेखि गरिएका निर्वाचनका वाचा अर्थात अठोटहरु जसलाई पूरा गर्न हामी मनैदेखि वा दिलै देखि समर्पित छाैं । हामीले गरेका कुनै संकल्पहरु छिट्टै पूरा ग¥यौ होला त कुनै संकल्पहरु पूराहुने क्रममा होलान । हामीले गरेका दृढ संकल्पहरुका कारण मानव जीवनलाई साकार र सफल बनाउन सकियोस, अरुका लागि पनि प्रेरणाका स्रोत बन्न सकोस् यसैले हामीले निर्वाचनका बेलामा गरेका हरेक प्रतिबद्धताहरु पूरा गर्नुपर्ने हिसाबले लाग्नु अहिलेको प्रमुख आवश्यकता हो ।

हामीहरुले सबै काम एकै चोटी गर्न सक्दैनौ तर समय सिमा तय गरेर अगाडि बढाउन सकेमा व्यवस्थित तरिकाले उक्त काम पूरा गर्न सकिन्छ । आज हरेक कुरामा अविश्वासको नजरले हेर्ने प्रवृत्तिको विकास भएको छ । आज हाम्रो समाजलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन प्रत्येक व्यक्ति अग्रसर भई निश्चित नियम र परिधिमा सञ्चालित हुनु पर्दछ ।

त्यसैले हामीले समाज र राष्ट्रलाई उज्यालो बनाउन व्यक्ति ,व्यक्तिहरु बाट नै संकल्पको थालनी हुनुपर्छ । हरेक कुरामा आफै उदाहरण बन्नु पर्दछ । ठूला मानिसका लागि जेल बनाउनु भन्दा साना नानीका लागि विद्यालय बनाउनु वेश भन्ने एलिजा कुकको भनाइलाई हामीले हरदम दिमागमा राख्नु पर्छ ।

गरिब र असाहयको घाउमा मल्हम पट्टी लगाउन सक्नुपर्छ । पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले ठूलो मानिस भन्दा असाल मानिस बन्नुपर्छ भनेको कुरालाई सधै ध्यानमा राखेर हिड्नु पर्छ । जनताको हृदयमा उत्साह भरी राखौ जसले गर्दा हामीले गरेका उपलब्धीहरुमा खुसी प्रकट गरौं र आत्माविश्वास र आत्मा सम्मानका साथ अगाडि बढिरहाैं हामी जनप्रतिनिधीहरुको जीवन किताबको खुला पाना जस्तै बन्नु पर्दछ ।

आवश्यक पर्दा सबैले हामीलाई जुनसुकै बेला पनि अध्ययन गर्न पाउनुपर्छ र हामीले थालेका विकासका पाइलाहरु दीगो विकासको लक्ष्य अनुसार हुनुपर्छ । हामी जनप्रतिनिधीहरुले आफूले लिएको जिम्मेवारीमा प्रतिबद्धता, व्यवहारमा इमान्दारिता, साेंचाइमा समझदारीता र काममा साझेदारिता आजको अपरिहार्यता हो । आज हामी जनप्रतिनिधिहरु केही नै केही फरक र दीगो काम गराैं केही फरक बनौ र कसै न कसैलाई फरक बनाऔ म फरक बनाउँछु भनेर लाग्नुपर्छ । काम गर्नु पर्छ तर फलको आशा नगरी जनसेवामा रात दिन लाग्नु पर्छ तव मात्रै हामी सच्चा जनप्रतिनिधि बन्न सक्छौ ।

हामीले अघिल्लो वर्ष साँघुरो भएको सुन्दर फिडको बाटो चक्ल्याउने, विपत् बाट वर्षा याममा कहिले मोटरसाइकल त कहिले मानिस र चौंपाया नै बगाउने लामाचौरको नालीमा गोर्खा स्कुलदेखि इन्जिनियर अध्ययन संस्थान सम्मको दाँयातर्फ गहिरो नालामा स्यालब निर्माण गरेका छौं भने महेन्द्र गुफाको ओरालोमा वर्षाको समयमा पानी आउँदा आवत जावत गर्न समस्या भई अर्मला जाने गाडीहरु नै चल्न नसक्ने अवस्थाको अन्त्य गरी त्यहाँ ओरालोमा ढलान गरेका छाैं ।

घार्मीखोलामा कलबर्ट निर्माण गरेका छाैं । इन्जिनियरिङ अध्ययन संस्थानबाट सेती नदीमा ओभरफ्लो भएको पानी डाइबर्ट गरी फालेका छाैं । वडाको २० ठाँउहरुमा सोलार बत्ती जडान गरेका छाैं । अर्मला कोट र गर्लाङमा होमस्टे सञ्चालन गरी पर्यटन तर्फको यात्रा तय गरेका छाैं ।

महेन्द्र गुफा, चमेरी गुफा, जाने बाटोको स्तरोन्नतिको काम अगाडि बढाएका छाैं । र आत्मा ज्ञान अगाडि बसपार्क निर्माण कार्य गर्दैछौं । बाटुलेचौर र लामाचौरका सम्पूर्ण भित्रीबाटोहरु आगामी वर्षमा पिच तथा ढलान गर्ने गरी कार्य अगाडि बढाएका छौं । काली खोलामा चेकड्यामको निर्माण गरी तटबन्धन गर्ने कार्य अगाडि बढाएका छौ । अर्मलाका सबै बस्तीहरुमा कच्ची बाटो पुर्‍याइसकेका छाैं ।

खानेपानीको समस्या हल गर्न योजनावद्ध रुपमा प्रक्रिया अगाडि बढाएका छाैं । विद्युतीकरणको लागि निरन्तर फ्लो गरी सयाैं पोलहरु विस्तार गरेका छाैं । अर्मलामा प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ ३ वटा बिल्डिङ पूर्णताको अन्तिम बिन्दुमा पुगेको छ भने मातृशिशु मितेरी अस्पतालको स्तरोन्नति गरी थप सेवा प्राप्त भइरहेको छ । हाम्रो वडालाई पर्यटकीय रुपमा अगाडि बढाउने गरी हामीहरुले काम सुरु गरेका छाैं ।

ढिकीडाँडामा प्याराग्लाइडिङ केन्द्रको विकास गराउने गरी संरचना बनाउँदै छाैं र ढिकीडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गराउँदै छौं । गल्र्याङदेखि झुप्राङ्गकोटसम्म फुट ट्रयाक बनाउने कार्यको निजी स्तरबाट पहल भइरहेको छ भने पर्यटन मन्त्रालय बाट रु. १० लाख विनियोजन भई काम सुरु भइरहेको छ ।

झुप्राङकोटबाट अर्मला कोट सम्म फुटट्रयाक बनाइ ट्रेकिङ रुटको गन्तव्य बनाउने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । अर्मलाकोट देखि चोकोडाँडासम्म फुटट्रयाक बनाइ चोकोडाँडालाई पर्यटन प्रवद्र्धन गर्ने कामलाई अगाडि बढाउने योजना बनाइएको छ ।

अर्मलाको दमाहा ढुंगा, सिद्ध मन्दिर लगायतका ठाँउहरुलाई आकर्षण बनाइ सिक्लेस सम्मको मोटर बाटोको ट्रयाक जोडी बाटोको स्तरोन्नति गर्ने कामलाई दीर्घकालीन रुपमा लैजाने गरी अगाडि बढ्नु पर्छ ।आज धान खेतीको रुपमा प्रख्यात ठाँउ ठूली बेसी फाँटको सिँचाइलाई व्यवस्थित बनाउने प्रक्रिया प्रदेश सरकार मार्फत् अगाडि बढाइएको छ भने खानेपानीको समस्या हल गर्ने गरी हरिपाँउ, छहरेपानी र जुम्लेटीमा एक घर एक धारा बनाउने गरी डिपिआर तयार गर्ने काम प्रदेशको तर्फबाट भइसकेको छ । आगामी वर्षको बजेटमा रकम छुट्टीने छ ।

त्यसैगरी अर्मला कोट देखि र्‍याले,पात्ले, डिही, कुर, पिप्लको लागि विस्तृत खानेपानी योजनाको आवश्यकता भएकोले आगामी वर्षको बजेटमा व्यवस्था गर्ने गरी लाग्नु पर्नेछ । अर्मलाको बीच भाग खरिकुना मेकेडाँडा, खुर्काेट, माझकुना,राहुलडाँडा, घट्टेकुना, जोगिमणी, तुम्के, गैरी, सुकाले, घार्मीखोलासम्म एक धारा अन्तर्गतको काम महानगरपालिकाको बजेटमा राखि प्रक्रिया अगाडि बढाइएको छ ।

कालीखोलाको तटबन्ध गरी नदीलाई व्यवस्थित गरी नदीकटान र भू क्षयलाई रोक्ने गरी योजना अगाडि बढाइएको छ । महेन्द्र गुफादेखि चमेरी गुफासम्म फुटट्रयाक निर्माण भइरहेको छ । महेन्द्रगुफा, चमेरीगुफा, कुमारीगुफा, क्रेजीगुफालाई एउटै प्याकेजमा जोडी पर्यटकको आकर्षण बढाउनु पर्नेछ । शिक्षा र स्वास्थ्यमा १६ नं वडा लाई केन्द्रको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भाव्यता छन् ।

पश्चिमाञ्चल इन्जिनियरिङ कलेज मणिपाल शिक्षण कलेज, विन्ध्यवासिनी क्याम्पस यही वडामा छन् भने गण्डकी आवासीय विद्यालयसहित ७ वटा निजी विद्यालय र सरकारी विद्यालय ५ वटा माध्यमिक तहका र ९ वटा आधारभूत तहका हुनुले पनि शैक्षिक केन्द्रको रुपमा वडा स्थापित भएको छ । प्रदेशकै नमुना अस्पतालको रुपमा मातृशिशु मितेरी अस्पताल अगाडि बढ्नु र अर्मलामा प्राथमिक स्वास्थ्य केन्द्र हुनु स्वास्थ्यको क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धि हो ।

वडा नं १६ पोखराको उत्तरीबेल्टमा चिसो स्वच्छ हावापानी रहेको वडा महानगरको महत्वपूृर्ण वडा भएकोले उत्तरी बेल्टको विकास गर्ने गरी महानगरले महत्वपूर्ण योजनाका साथ अगाडि बढ्नु पर्ने देखिन्छ भने कालीलेकको घना जंगलमा रहेको प्राकृतिक स्रोत साधन र जडिबुटीको उपयोग गर्न सकेमा महानगरको अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ ।

सेती नदी र कालीखोलाको बीच भागमा रहेको वडा नं १६ लाई कृषि, पर्यटन र शैक्षिक क्षेत्रमा अगाडि बढ्ने प्रशस्त सम्भावना छन र वडाको तर्फबाट यो वर्ष हामीले वडाको प्रोफाइल बनाइ व्यविस्थत विकासको अभियानलाई अगाडि बढाउने साेंचमा रहेका छाैं । अन्त्यमा संघ, प्रदेश र स्थानीय तहको बीचमा सहकार्य, सहअस्थित्व र समन्वयका आधारमो देशको विकास र संमृद्धिको यात्रामा अगाडि बढांै ।

तपाईको प्रतिक्रिया