समृद्धिका लागि सहकार्य गरेका छौं

कृष्णहरि भण्डारी
अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
लेखनाथसहित आसपासका गाविस गाभेर पोखरा महानगर बनेको २ वर्ष भएको छ । पोखरा देशकै ठूलो महानगर हो । राजधानी काठमाडौंबाट नजिकै रहेको र पर्यटकीय सहर भएकाले यसका आफ्नै विशेषता छन् । पोखरा अहिले जसरी धेरैको आकर्षण छ, त्यसमा थप आकर्षण बनाउने गरी समृद्धिको बाटो बनाउन जरुरी छ । ८ ताल भएको सहर जहाँबाट नजिकै हिमाल हेर्न सकिन्छ ।
गुफा, यहाँको वातावरण पनि आफैंमा मनमोहक छ । महानगर बनेसँगै महानगरमा जनप्रतिनिधिहरु पनि आए । लामो समय कर्मचारीले नै धानेका स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास, निर्माण र समृद्धिका काम सुरु भएका छन् । लेखनाथ पनि पोखरा महानगरमै मिसिएपछि हामी पनि महानगरबासी भयौं । महानगरबासी भएपछि हाम्रा धेरै अपेक्षा थिए, ती अपेक्षा पूरा भएका छैनन् । अपेक्षा पूरा नभए पनि महानगरको कार्यप्रणाली व्यवस्थित बन्दै गरेको र कामहरु थालनी भएको अवस्था छ ।
महानगर बनेपछि हाम्रा गुनासा तुरुन्तै सुनिन्छन् भन्ने थियो । जनप्रतिनिधि आएपछि गुनासाहरु चाडै सम्बोधन भइहाल्छन् भन्ने पनि नागरिकको अपेक्षा थियो । पुरानै संरचनामा काम गर्नुपर्दा र नियम, कानुन नहुँदा यो अवधिमा अपेक्षा अनुसारका काम नभएका हुन सक्छन् । यसका बाबजुद पनि लेखनाथबासी महानगरप्रति सकारात्मक नै छन् ।
लेखनाथका किसान, उद्योगी, व्यवसायीको हित र विकासका लागि पनि महानगरसँग सहकार्य भइरहेको छ । तालचोकमा कृषि बजार केन्द्र बन्दै छ । उद्योगी, व्यवसायीको नेताको हैसियतले हामीले यस क्षेत्रको उद्योग, व्यवसाय र समग्र विकासलाई मध्यनजर गर्दा हामी महानगर भएको अनुभूत हुने दिशातिर गइरहेका छौं ।
यहाँ बस्ती विकास भइरहेको छ । खेतीयोग्य जमिनमा पनि परम्परागत खेतीले किसानलाई प्रोत्साहन दिन सक्दैन । आधुनिक र व्यवसायिक खेतीका लागि महानगर, प्रदेश, संघ सरकारसँगै स्थानीयको एकीकृत प्रयासका लागि हामी झक्झक्याइरहेका छौं । स्थानीय सरकार भएकाले यहाँका उद्योग, व्यवसायको अनुगमन गरी राम्रो काम गर्नेलाई पुरस्कार र कानुनविपरीत चलेकालाई कानुनी दायरमा ल्याउन महानगरले भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।
स्मार्ट सहरको अवधारणा लिएको र अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दै गरेकाले पोखरा अन्तर्राष्ट्रिय सहर बन्ने निश्चित छ । यसको सोही अनुरुपको विकास, पूर्वाधार निर्माण र नागरिकलाई सहज जीविकोपार्जन र आधारभूत अधिकार दिलाउन महानगरले अगुवाइ गर्नुपर्छ ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया