धादिङमा पर्यटक बस दुर्घटना

समाधान संवाददाता २०७६ जेठ १५ गते १६:१५

समाधान संवाददाता, धादिङ

पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे खयरघारीमा पर्यटक बोकेको बस दुर्घटनामा परेको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंबाट केरुङ जाँदै गरेको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको एसपी भोला रावलले बताए ।

दुर्घटनामा परी यात्रुहरू घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगिसकेको छ । बसमा पर्यटकका साथै नेपाली यात्रुहरू पनि थिए ।

विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया