बढ्यो वृद्धभत्ता, १३ लाख जेष्ठ नागरिकले सेवा पाउँने

समाधान संवाददाता २०७६ जेठ १५ गते १७:०४

जेष्ठ नागरिकलाई दिइने सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रूपैयाँ वृद्धि भएको छ। 

अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै ७० वर्षमाथिका नागरिकलाई अहिले दिइँदै आएको मासिक २ हजारमा एक हजार रूपैयाँ थप गरेको बताए। 

गर्भदेखि वृद्धअवस्थासम्म सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्ने उनले बताए। 

Advertisement

वृद्धवृद्धालाई नि:शुल्क बीमाका कार्यक्रम लागू हुने उनको भनाइ छ। सामाजिक सुरक्षाबाट देशभरका १३ लाख जेष्ठ नागरिकले सेवा पाउँछन्।

Advertisement

तपाईको प्रतिक्रिया