१५ खर्ब ३२ अर्बको बजेट, कर्मचारीको तलब २० प्रतिशत बढ्यो

समाधान संवाददाता २०७६ जेठ १५ गते १८:५५

समाधान सम्वाददाता

सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेट सार्वजनिक गरेको छ । बजेटमा लोकप्रिय कार्यक्रमलाई समेटिएकाले चालु खर्च बढेको छ । कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बृद्धि भएको छ भने नेकपाको चुनावी घोषणा पत्रमा उल्लेख भएका कार्यक्रमलाई प्राथमिकतामा पारिएको छ । राष्ट्र सेवक कर्मचारीको तलब २० प्रतिशले बढेको छ ।

बुधबार संघीय संसदमा अर्थमन्त्री डा। युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरे । जसमा चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

Advertisement

सो बजेटका लागि ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । त्यसै गरी बैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख उठाउने लक्ष्य लिइएको छ । अरु घाटा बजेट छ । विकासोन्मुख देशका लागि घाटा बजेट राम्रो मानिन्छ तर श्रोत जुटाउनु भने मुश्किल हुन्छ ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट छुट्याएका छन भने स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेका छन ।

Advertisement

पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब , खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न ५ अर्ब एक करोड, श्रम तथा रोजगार क्षेत्रमा ७ अर्ब १४ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

यसैगरी कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ३४ अर्ब ८० करोड रुपैयाँ, महिला वालिका तथा ज्येष्ठ नागरिकहरुका क्षेत्रमा ७८ करोड रुपैयाँ, सिँचाइ क्षेत्रका लागि २३ अर्ब ६३ करोड रुपैयाँ, वन तथा वातावरण क्षेत्रका लागि १५ अर्ब ४९ करोड रुपैयाँ, भूमिसुधार तथा सहकारी ७ अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै पर्यटन क्षेत्रका लागि २२ अर्ब ६८ करोड रुपैयाँ, औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ८७ करोड रुपैयाँ, वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ११ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

ऊर्जा क्षेत्रका लागि ८९ अर्ब ८३ करोड , यातायात पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब, हवाइ क्षेत्रमा १५ अर्ब ८५ करोड रुपैयाँ, यातायात व्यवस्थापन शीर्षकमा १ अर्ब ५३ करोड, युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७५र७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत भएको थिय

तपाईको प्रतिक्रिया