भारतीय प्रधानमन्त्रीकाे शपथ ग्रहणमा सहभागी हुन प्रम ओली भारत जाँदै

समाधान संवाददाता २०७६ जेठ १६ गते ९:२७

समाधान सम्वाददाता

प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्रीमा दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन आज नयाँदिल्ली जाँदैछन् ।

भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई सपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको हो । मोदीले आज साँझ ७ बजे प्रधानमन्त्रीको सपथ लिदैछन् ।

Advertisement

यसअघि पहिलो पटक प्रधानमन्त्रीको सपथ लिँदा मोदीले सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । यसपटक भने मोदीले बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका छन् ।

सपथ समारोहमा सहभागी भएपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपतिद्वारा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच शुक्रबार द्विपक्षीय वार्ता हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया