आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि शुरु

समाधान संवाददाता २०७६ जेठ १६ गते ९:३१

एजेन्सी

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट शुरु हुँदैछ ।

बेलायतको लण्डनस्थित दि ओभलमा आज अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उदघाटन हुँदैछ । उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

उद्घाटन नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ । उदघाटन खेलमा सहभागी दुबै टिमले अहिलेसम्म एकदिवसीय विश्वकप जित्न सकेका छैनन् ।

इंग्ल्याण्ड र वेल्सको विभिन्न स्थानमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया