रेबानको बार टेन्डर तालिममा ५० जना सहभागी

समाधान संवाददाता, पोखरा
रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा बुधबारबाट बार टेन्डर तालिम सुरु भएको छ । तालिममा ५० जना सहभागी छन् । रेबानका सदस्य रेस्टुरेन्टबाट उनीहरु सहभागी भएका हुन् ।
तालिममा राजकुमार जिसी प्रशिक्षक छन् । जिसी सिक्सोलोजी वेभरेज कन्सल्टेन्ट हुन् । तालिमका लागि नेपाल पर्यटन बोर्डले सहयोग गरेको रेबान पोखरा महासचिव गणेशबहादुर थापाले जानकारी दिए । ‘तालिममा प्रयोगात्मक अभ्यासका लागि चाहिने सामान शारदा ग्रुपले सहयोग गरेको छ,’ उनले भने ।
रेबान अन्तर्गतका रेस्टुरेन्टमा अन्तर्राष्ट्रिय स्तरका नयाँ नयाँ कक्टेल र मक्टेल बनाउन सक्ने दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले तालिम आयोजना गरिएको थापाले सुनाए । तालिम उद्घाटन रेबानका पूर्वअध्यक्ष तथा विष्णुबहादुर गुरुङले गरे ।
रेबानका कार्यवाहक अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एसपिजी ट्रेडिङ प्रालिका महाप्रबन्धक रमेश घिमिरेसमेत उपस्थित थिए । एसपिजी तालिमको सहयोगी संस्था हो । होटल स्नोल्यान्डमा भइरहेको तालिम बिहीबारसम्म चल्नेछ ।








ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया