गाउँपालिका जनताको नजिकको साथी

समाधान संवाददाता २०७६ जेठ १६ गते १४:०८

राजन खनाल
वडा सदस्य

लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा, सुखी र समृद्ध नेपालसम्मको यात्रामा हामी छौं । स्थानीय तहको ऐतिहासिक जिम्मेवारी गणतन्त्र र संघीयताबाट प्राप्त भएको छ ।

आवश्यकता, माग र समस्यासँग साक्षात्कार हुने, उनीहरुका सुखदुखमा सँगै हिँड्ने र सेवा सुविधा पु¥याउने जनताको नजिकको साथी हो, स्थानीय सरकार । त्यही सरकारमा रहेर हामी वडा वडामा पुगेर जनताका आवश्यकतालाई नियाल्दै, बुझ्दै सेवा सुविधा पु¥याउने काममा अनवरत लागिरहेका छौं ।

Advertisement

स्थानीय तहमा जनताको प्रतिनिधि भएर आएपछि मुख्य योजनामा पनि जनता नै छन् । गाउँबाट पलायन रोक्ने, उत्पादन बढाउने आयआर्जनको बाटो देखाउने र समृद्धको रुपा गाउँपालिकाको परिकल्पनासहित हामीले काम गरिरहेका छौं ।

खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रमा स्थानीय तहबाट थुप्रै सुधार र काम भएका छन् । शिक्षामा भौतिक पूर्वाधारदेखि गुणस्तरसम्म, स्वास्थ्यमा ल्याबदेखि अस्पतालसम्म खानेपानीमा १ घर, १ धारो, कृषिमा आधुनिकीकरण र प्रोत्साहनका कामलाई गाउँपालिकाले प्राथमिकता दिएको छ ।

Advertisement

पुनर्निर्माणमा गाउँपालिकाले गरेको काम भूकम्पबाट कम प्रभावित जिल्लामध्येमै उत्कृष्ट बन्यो । त्यसमा वडाध्यक्षदेखि वडाका सदस्यसम्मको निरन्तरको लगाव र जनताका आवश्यकतासँग नजिक भएकै कारण हो ।

पक्की बाटोले छुँदै नछोएको रुपामा अहिले धमाधम पिच भइरहेको छ । पर्यटनका गन्तव्य पहिचान गर्ने र प्रवद्र्धनका कार्यक्रम पु¥याउने काममा पनि गाउँपालिका अग्रसर छ । पार्टीगत राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर रातदिन नभनी जनताका प्रतिनिधिले जिम्मेवारी पूरा गरिरहेका छन् । जनताको काम गर्न भनेर आएपछि जनताकै आवश्यकता र दैनिकीसँग नजिक भइएन पनि उनीहरुको विश्वास जित्न सकिँदैन । सुशासन कायम गर्ने र सेवा प्रवाहलाई विस्तार तथा जनताको पहुँचमा पुर्‍याउँदै, विकासलाई डोर्‍याउँदै सँगै हिँड्न सकियो भने एकदिन अवश्य लक्ष्य प्राप्ति हुनेछ ।

तपाईको प्रतिक्रिया