आज विश्व धूमपान रहित दिवस

समाधान संवाददाता २०७६ जेठ १७ गते ९:०३

समाधान सम्वाददाता

आज विश्व धूमपान रहित दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदै छ । यो वर्ष दिवसको नारा ‘सुर्ती र फोक्सो स्वास्थ्य’ भन्ने तय गरिएको छ । विश्व स्वास्थ्य संगठनको आब्हानमा हरेक बर्ष मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा आज विहान काठमाडौंमा जनचेतनामूलक र्‍याली निकालिएको छ । नेपालमा करिब ९० लाख अर्थात ३० दशमलव ८ प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवनको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छ ।

Advertisement

नेपालमा सुर्तिजन्य पदार्थ सेवनकै कारण क्यान्सर हुने विरामीको संख्या २९ प्रतिशत छ । नेपालमा बढी मात्रामा सुर्तीजन्य पदार्थ जस्तै चुरोट, पान, गुट्खा, पराग, बिँडी, हुक्का आदिहरु सेवन गरिन्छ ।

त्यसको सेवनले फोक्सोमा धेरै समस्या पार्ने र क्षयरोग आदिको पनि जोखिम गराउने चिकित्सकहरु बताउँछन् । सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण नेपालमा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया