इदमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

समाधान संवाददाता २०७६ जेठ १७ गते ११:३२

समाधान संवाददाता, पोखरा

सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इदमा सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद बैठकले गरेको निर्णय सुनाउँदै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । इदमा बिदा काटेको भन्दै नेपाल मुस्लिम संघले सरकारलाई आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

Advertisement

संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएको थियो । पवित्र महिना रमाजानको अन्तिममा जुन दिन पूर्ण चन्द्रमा देखिन्छ त्यसको भोलिपल्ट बिदा हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया