असिनाले बालीनालीमा क्षती, राहतमा त्रीपाल

समाधान संवाददाता २०७६ जेठ १७ गते ११:३९

कुश्मा –११, पकुवाका असिना पीडित किसानलाई त्रिपाल वितरणल गर्दै वडाध्यक्ष शिव पौडेल ।

रामकृष्ण लामिछाने
पर्वत

‘एकातिर नदी, अर्कोतिर झोलुंगे ।’ यो उखान जाने सुनेकै हो । यो उखान चरितार्थ हुनेगरी काम भएको पर्वतको पकुवामा । बर्खा लाग्नु अघि नै अहिले दिनहुँजसो झरी परेको छ । झरी मात्र हैन असिनाले बालीनाली पनि सखापै पारेको छ । बजार पुर्‍याउने बेलाको तरकारी मात्र हैन, फूल खेल्दै गरेका सुन्तलामा पनि क्षति पुग्यो ।

Advertisement

ग्रामीण भेगमा बालीनाली बिमाको लहर पुगेको छैन । एउटै मात्र भर हुन्छ सरकारी राहत । स्थानीयले क्षतिको विवरणसहित सहयोगको लागि स्थानीय जनप्रतिनिधि र सरकारी कार्यालय गुहारे । ठूलै तामझामका साथ टोली त्रिपाल लिएर गाउँ पुग्यो । असिनाले बाली सखाप पारेर निराश भएका स्थानीय किसानलाई वडा कार्यालयले त्रिपाल दिएर थमथम्याएको छ ।

कुश्मा नगरपालिका ११ पकुवाका वडाध्यक्ष शिव पौडेलसँगै पुगेका थिए, प्रतिनिधि सभाका सांसद पदम गिरी र जिल्ला समन्वय समिति संयोजक मनोहर बि पौडेल । । २०७२ को भूकम्पमा प्रापत भएर तत्कालीन जिल्ला विकास समितिमा बाँकी रहेका ६० वटा त्रिपाल बालीनाली पीडित किसानलाई वितरण गरिएको हो ।

Advertisement

स्थानीय किसान गोविन्द पराजुलीले बालीनाली सखाप भएका किसानलाई जनप्रतिनिधिले त्रिपाल बाँडेर खिल्ली उडाएको आरोप लगाए । ‘बारीमा मकै लडेर सखाप छ, एउटा रोग लागेको बिरामीलाई अर्कै औषधी दिएजस्तै गरेका छन्, जनप्रतिनिधिले । उचित राहत दिने निकाय भने मौन रहेको उनको भनाइ थियो । मकै ढलेका किसानलाई त्रिपाल बाँढ्नु चुनावका बेला भोट माग्न गरेको भाषणजस्तै लागेको उनले प्रतिक्रिया दिए ।

जेठको दोस्रो साता परेको असिनापानीले पर्वतका फलेवास, मोदी, कुश्मा, बिहादी, पैयुँ क्षेत्रमा पाक्ने अवस्थाको गहुँ र जौ, असारे धान लागयत बाली नष्ट गरेको छ । असिनाले कहिँकतै धेरै र कतै थोरै गरको भएपनि समग्र जिल्लाका बासिन्दा नै प्रभावित बनेका कारण भोकमरीबाट जनतालाई बचाउन सबैभन्दा पहिले सोच्न जरुरी रहेको स्थानीयले बताएका छन् ।

असिना प्रभावित क्षेत्रमा मकै, ताजा तरकारी, आलु, फलफूल खेतीमा समेत उस्तै क्षति पुगेको छ । कुस्मा नगरपालिका र मोदी गाउँपालिकामा त मकैखेती उठ्नै नसक्ने गरी ढलेको स्थानीयले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया