नयाँदिल्लीमा ओली-मोदीकाे भेटवार्ता

समाधान संवाददाता २०७६ जेठ १७ गते १३:२६

समाधान संवाददाता, काठमाडाैं

प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

Advertisement

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत: जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।   

दोस्रो कार्यकालका लागि मोदीले बिहीबार प्रधानमन्त्रीको सपथ लिएका थिए । उक्त सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत गएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया