पोखरामा दी आर्ट अफ लिभिङको युवा सम्मेलन

समाधान संवाददाता २०७६ जेठ १७ गते १८:०३

समाधान सम्वाददाता

पोखरामा दी आर्ट अफ लिभिङको आयोजनामा ‘युथ इन एक्सन’ परियोजना अन्तर्गत तीन दिने युवा सम्मेलन शुरु भएको छ ।

जेठ १८ गते सम्म सञ्चालन हुने युथ इन एक्सनको दी आर्ट अफ लिभिङ नेपालका संयोजक एसके सिङंले उद्घाटन गरे । उनले देश बनाउने नै युवाहरु भएकाले युवालाई सत्मार्गमा लैजान यस्ता कार्यक्रम आवश्यक रहने बताए ।

Advertisement

कार्यक्रममा पोखराबाट ३ सय र देश भरबाट गरि करिब ७ सय जना गरि एक हजार बढी युवाहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सौमाया गुरुङ भट्टराईले जानकारी दिइन् । कार्यक्रममा १८ वर्षदेखि ३५ वर्ष भित्रका युवाहरुको सहभागीता रहेको उनले बताइन् ।

कार्यक्रममा आध्यात्मिकता सँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयहरुमा युवाहरुलाई नेपालका प्रख्यात मोटिभेसनल स्पिकरहरुले सहजीकरण गर्ने बताइन् ।

Advertisement

तीन दिनसम्म हुने कार्यक्रम दैनिक तीन चरणमा हुनेछ । आयोजकका अनुसार विहानी शत्र, दिवा शत्र र सन्ध्या शत्र गरि तीन चरणमा हुनेछ । विहानी शत्रमा दी आर्ट अफ लिभिङको विश्व प्रसिद्ध ह्याप्पीनेस कार्यक्रम हुनेछ । जसमा सहभागिलाई आत्यात्मिकताको परिचय, योग, प्रणायाम र ध्यानका साथै सुदर्शन क्रिया सिकाईन्छ ।

दिवा शत्रमा ‘युवा नेतृत्व तथा उद्यमशिलता कार्यशाला’ हुनेछ । जसमा युवा उद्यमीहरुको सकारात्मक कार्य तथा सफलताका कथाहरु प्रस्तुत गरि सहभागिहरुलाई उद्यमशिलताका लागि उत्पे्ररित गर्नेछ । सन्ध्या शत्रमा सहभागिहरुलाई आ–आफ्ना भौगोलिक र सांस्कृतिक परिचय दिने गीतहरु, नृत्य र झाँकी प्रदर्शन गर्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । सन्ध्या शत्रको मुख्य उद्धेश्य राष्ट्रिय एकता र सद्भावको सन्देशलाई बढावा दिनु रहेको संयोजक भट्टराईले जानकारी दिइन् ।

अभियन्ता तथा ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व अधिकारीले दी आर्ट अफ लिभिङका बारेमा युवाहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम दी आर्ट अफ लिभिङ गण्डकी संयोजक नरेश भट्टराईको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया