राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय उमेश पटवाल नियुक्त

समाधान संवाददाता २०७६ जेठ १७ गते १८:०८

समाधान सम्वाददाता

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् ।

पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहदै आएकोमा आइसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षकका रुपमा नियुक्त भएका हुन् ।

Advertisement

यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

पटवाल पछिल्लोपटक नेपालले यूएईविरुद्ध ओडीआई र टि(२० सिरिज जित्दा कन्सल्टेन्टका रुपमा कार्यरत थिए । पटवाल यसअघि सन् २०१४ को टि(२० विश्वकपमा अफगानिस्तानको राष्ट्रिय टोलीको प्रशिक्षक समेत रहेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया