तिजी हेर्न किन उत्सुक छन् विदेशी पर्यटक ?

समाधान संवाददाता २०७६ जेठ १८ गते ९:४३

सुन्दरकुमार थकाली, मुस्ताङ

उपल्लो मुस्ताङमा शुक्रबारदेखि ऐतिहासिक,धार्मिक र साैस्कृतिक परम्परागत मेला तिजी सुरु भएकाे छ । उपल्लो मुस्ताङको अतिनै महत्वपूर्ण मेलाको रुपमा बिकसित हुदै आईरहेको तिजीले त्यहाँको धार्मिक तथा राजकीय जीवनशैलीको समेत प्रतिनिधित्व गर्दै आईरहेको छ ।

परम्परागत तिजी पर्व १५ औ शताब्दीबाट सुरुवात भएको भन्ने भनाई छ । त्यसताका लामादोर्जे सुनुको जिवनकथा संग आधारति तिजी मेलामा देवी देवताका मुकुट लगायत बिभिन्न प्रकारका नृत्य देखाईने चलनचल्ती छ । देवी देवताको नृत्य हेरिसकेपछि पूण्यप्राप्त हुने जनबिश्वास छ । ३ दिनसम्म मनाईने तिजी मेलामा नफुक गुम्बाका लामाहरुद्धारा तिजी संम्वन्धि धार्मिक संस्कृति प्रस्तुत गरिन्छ ।

Advertisement

स्थानीय धार्मिक संस्कृतिको रुपमा बिकास र संरक्षण भईरहेको यसप्रकारको मेलामा अक्सर बढी मात्रामा बिदेशी पर्यटक सहभागी भएको पाईयो । तिब्बतीयन कला साहित्यसँग उस्तै मिल्दो तिजी पर्व बिदेशी पर्यटकले किन यतिबिध्न चासोका साथ हेर्छन् ।के उनीहरुले यहाका मौलिकतालाई के मन पराएर हेरेका हुन् या यसमा कुनै बिषय जोडिएका हुन सक्तछन् ? यो अनुसन्धानको पाटो बन्दछ ।

तिजी बर्सेनी बिदेसी पर्यटकले अवलाेकन गर्दे आईरहेका छन् ।यसवर्ष पनि उपल्लो मुस्ताङको लोमान्थाङमा करिव ५ सय भन्दा बढी बिदेसी पर्यटक तिजी हेर्न बसेका हुन् । ति सबै सार्क देश भन्दा बाहिरका छन् । तिजी हेर्न बिदेसी र नेपाली पर्यटकलाई टिकट समेत व्यवस्था गरिएको छ । ३ दिन देखाईने तिजी मेला हेर्न अझै बिदेशी थपिदै छन् ।

Advertisement

शुक्रबार यो पंक्तीकार पनि त्यही पुग्यो । मुस्ताङ राजाको ऐतिहासिक दरबार परिसरमा धार्मिक संस्कृतिको ठुलो लुङ्ता टासिएको छ । दरबार परिसरको बीचमा तिजी नाचका लागि केही भाग खुल्ला गरिएको छ भने त्यसको चारैतिर नेपाली र बिदेसी पर्यटक तिजी हेर्न ठेलमेल छ । कतिपय दरबारको छत र केही अरुका घर माथि बसेर तिजीको फोटो र भिडियो खिच्न तँछाडमछाड देखियो ।

बिदेसीको ठुला ठुला र महङ्गा क्यामेराले तिजीको फुटेस खिचे ।दरबार परिसरमै तिजी हेर्न १ हजार स्वदेसी तथा बिदेसी तैनाथ थिए ।बुद्ध धर्मको मान्यता नपाएका देशले तिजी मेला रुचिपूर्वक ग्रहण गरेर लिईनु साच्चै कल्चरको अवलोकन थियो या त्यसमा मिश्रित स्वार्थ पनि छ । शुक्रबारको पहिलो दिनमै अमेरिकी महामहिम राजदुत र्‍यान्डी बेरीले समेत त्यहाँका धार्मिक राजासँग फोटो खिचेको पनि देखियो ।

राजदुत बेरी दुताबासको काम लिईएर मुस्ताङ आएको पनि तिजी मेलामै सरिक हुनुलाई पनि कतिपयले संकास्पद कुटनितिक बिषय संग जोडेको हुनसक्ने अनुमान पनि गरे । लोमान्थाङदेखि उत्तरी कोरला नाका नजिकै छ । लोमान्थाङमा हुने कतिपय संम्वेदनशील बिषयलाई कोरलाबाट चिनीयापक्षलय सुक्ष्म तरिकाले नियाल्ने गर्छ ।

चिनीयाँ अधिकारले लोमान्थाङ क्षेत्रलाई आफ्नै तरिकाले निगरानी गर्ने गर्छ । नाका छेउकै गाउमा तिब्बतीयन संस्कृतिको मेला हेर्न आउनु ,फोटो खिच्ने गर्नुलाई निश्चतरुपमा चिनियाँ पक्षले स्वभाविक रुपमा पचाउन सक्दैन की । भारतीय नाकाबन्दीपछि उत्तरी कोरला नाका चर्चाको शिखरमा छ । नाका खोल्नलाई नेपाली पक्षबाट चिनियपक्षले उपयुक्त वातावरण खोजिरहेको छ ।

नाका खोल्नकै लागि कोरलामा चिनिया आधुनिक संरचना निर्माण समेत संम्पन्न गर्दैछ ।नेपाल पक्षबाट पनि यसको लागि सडक ,बत्ती,संञ्चार ,भन्सारका लागि जग्गा छनौटको काम थाल्ने काम गर्दैछ । तर, कोरलामा बढी मात्रामा गैर नेपालीहरुको उपस्थितीले त्याहाको पर्यटन व्यवसायलाई फाईदा पुगेको छ तर,नाका खोल्ने बातावरणलाई कत्तिको सघाउ वा असर पुर्‍याएको छ ,यो गम्भिर बिषय बन्न सक्तछ । तिजीकै लागि बिदेसीले लोमान्थाङमा ६ महिना अघिनै होटल बुक गराए । त्यहाँका ३ दर्जन पर्यटक होटलहरु अहिले हाउसफुल छन् ।

सडक मार्ग सहज हुन थालेपछि नेपाली पर्यटक पनि कोरलानाका तथा तिजी हेर्न उपल्लो मुस्ताङ हानिए । तिजी मेलाले लोमान्थाङको चिसो भूगोल पनि मानव संख्याको उपस्थितीले एकाएक गर्मिएको छ ।

तपाईको प्रतिक्रिया