विप्लव कार्यकर्ताले धरौटीको सट्टा जेल रोजे

समाधान संवाददाता २०७६ जेठ १९ गते ८:५९

समाधान सम्वाददाता

राजद्रोह र विस्फोटक पदार्थ सम्बन्धी मुद्दा खेपिरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुलीलगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि कारागार चलान भएका छन् ।

जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेत्री मिसिरा नेपाली रहेका छन् ।

Advertisement

उनीहरुलाई जिल्ला अदालत स्याङ्गजाले राजद्रोहको मुद्दामा दुई लाख २० हजार र विस्फोटक मुद्दामा दुई लाख रुपियाँ गरी प्रति व्यक्ति चार लाख २० हजार रुपियाँ धरौटी माग गरेको थियो ।

ओम हमालको फेसबुकबाट

Advertisement

तपाईको प्रतिक्रिया