मिलन आमा केन्द्रद्वारा ४२ जनालाई मखमलका जुत्ता, चप्पल बनाउने तालिम

समाधान संवाददाता २०७६ जेठ १९ गते १२:५६

पोखरा, १८ जेठ (समाधान)–मिलन आमा केन्द्र पोखराको आयोजना तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा १ महिने मखमलको जुत्ता, चप्पल तथा नेतृत्व विकास तालिमको सुरु भएको छ ।

शनिबार सामाजिक विकास मन्त्रालयका प्रतिनिधि युवराज अर्याल तालिम उद्घाटन गरे । अर्यालले महिलालाई उद्यमशीलतामा जोड्नका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णाबहादुर थापा, सहकारीका प्रवन्ध निर्देशक ध्रुवराज पौडेल, सहकारी सञ्चालक समितिका सदस्य कमला श्रेष्ठ र ज्येष्ठ नागरिक परिचालन समिति सहसंयोजक शेषबहादुर थापा, निर्मला घिमिरे र कोषाध्यक्ष खुमा लम्सालले पनि बोलेका थिए ।

Advertisement

४२ जना सहभागी तालिममा प्रशिक्षण मनमाया गुरुङले दिने छिन् । कार्यक्रम मिलन आमा केन्द्रकी अध्यक्ष इन्द्रा पौडेलको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया