गंगालाल अस्पतालका इन्जिनियरको नक्कली प्रमाणपत्र
समाधान संवाददाता
२०७६ जेठ १९ गते १६:३९

समाधान संवाददाता, काठमाडाैं
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन इन्जिनियर प्रदीप कुमार यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सहायक इन्जिनियरको पदमा करारमा काम गरिरहेका यादवले इन्जिनियर पदमा बढुवाका लागि नक्कली प्रमाणपत्र पेश गरेको भन्दै अख्तियारले आइतबार उनीविरूद्ध मुद्दा दायर गरेको हो ।
उनले पोखरा विश्वविद्यालयबाट इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरमा स्नातक पास गरेको प्रमाणपत्र र नेपाल इन्जिनियरिङ् परिषदले जारी गरेको इन्जिनियरको लाइसेन्स समेत नक्कली बनाएर पेश गरेको अख्तियारको दाबी छ । उनलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० देखि २० हजार रूपैयाँसम्म जरिवाना हुनुपर्ने अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया