प्रधानमन्त्री जेठ २५ गते युरोप भ्रमणमा जाने

समाधान संवाददाता २०७६ जेठ १९ गते १६:५०

समाधान संवाददाता, काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओली आउँदो २५ गते नौ दिने युरोप  भ्रमणमा निस्कने भएका छन् ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार दिएको जानकारी अनुसार ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएका हुन् ।

Advertisement

मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली  २५ गते जेनेभाका लागि उड्नेछन् । २६ गते उनले जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

२७ गते प्रधानमन्त्री जेनेभाबाट लण्डन उड्ने छन् । बेलायतमा प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको विशेष कार्यक्रम नेपालको प्रजातन्त्र र विकासबारे बोल्ने छन् ।

Advertisement

उनी बेलायती संसदको एक समितिको बैठकमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ ।

बेलायत बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।

भेटका क्रममा भुतपूर्व गोरखा सैनिकका विषयबारे कुराकानी हुनेछ । भेटपछि द्वीपक्षीय सहयोगका केही घोषणा पनि हुनेछ ।

जेठ २९ गते प्रधानमन्त्री ओली फ्रान्स जानेछन् । उनले फ्रान्सको दुई दिने ‌औपचारिक भ्रमण गर्नेछन् । नेपाल-फ्रान्स दौत्य सम्बन्धको ७०औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन् ।

फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंसँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

नौ दिने  भ्रमण सकेर प्रधानमन्त्री असार १ गते स्वदेश फर्किनेछन् ।

तपाईको प्रतिक्रिया