ताग्लुङको एक घरमा आगलागी, ३४ लाख बराबरको क्षति

समाधान संवाददाता २०७६ जेठ २० गते ८:३९

समाधान सम्वाददाता, मुस्ताङ

मुस्ताङको थासाङ गाउपालिका –५ ताग्लुङको एक घरमा शनिबार मध्यराति आगोलागी हुदाँ त्यहाँ रहेको ३४ लाख मुल्य बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय कुलबहादुर तुलाचन र हिक्मत तुलाचनको घरमा आगोलागी भएको हो । उनीहरुले खाना बनाउन प्रयोग गरिएको आगो निभाउन बिर्सदा मध्यरात चलेको हावाहुरीका कारण आगालागी भएको र घरमा रहेको अन्नपात,लत्ताकपडा र काठपात सबै जलेर नष्ट भएको लेते ईलाका प्रहरी कार्यालयका सई मिनबहादुर थापाले जानकारी दिए ।

Advertisement

घटनामा कुनै मानविय तथा चौपायाको क्षति नभएको उनले बताए । आगोलागी भएको गाउँ ताग्लुङ थासाङको बिकट स्थानमा पर्छ ।बेनी–जोमसोम सडकखण्डको पूर्वतर्फ ५ किलोमिटर कच्चि सडक टाढा आगोलागी भएको सई थापाले जानकारी दिए ।

घटना थाहापाएपछि आईतबार बिहान ईलाका प्रहरी कार्यालयको टोली आगोलागी स्थानमा पुगेको थियो । खटिएको प्रहरी टोलीले आगोलागी भएको घरको मुचुल्का उठाउनेकार्य समेत संम्पन्न गरेको सई थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया