संसाद मिना गुरुङद्वारा आमाको स्मृतिमा छात्रवृत्ति

समाधान संवाददाता २०७६ जेठ २० गते १२:४५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका सांसद मीना गुरुङले आफ्नी आमा धनकुमारी गुरुङ र सानी आमा धनसुब्बा गुरुङको स्मृतिमा छात्रवृत्ति प्रदान गरेकी छन् । गुरुङले क्यूपेक नेपालको २३ औं स्थापना दिवसका अवसरमा २ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेकी हुन् ।

अम्मरसिंह नमूना मावि कक्षा २ मा अध्ययनरत छात्रा आयुषा पौडेल र सिद्ध बाराही मावि कक्षा ७ मा अध्ययनरत समीक्षा भण्डारीलाई सांसद गुरुङले जनही ७ हजार ५ सय, झोला र कापी सहयोग गरेकी हुन् । उनले हरेक वर्ष गण्डकी प्रदेशका २ जना छात्रालाई नियमित छात्रवृत्ति वितरण गर्ने योजना सुनाइन् ।

Advertisement

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला स्वरुप सहयोग अभियान सुरु गरेको गुरुङले बताइन् । क्यूपेक नेपाल कास्की अध्यक्ष हरिभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव तीर्थराज मगरले संचालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया