पोखरा आयो यामाहाको एफजी भी ३

समाधान संवाददाता २०७६ जेठ २० गते १३:३७

समाधान संवाददाता
पोखरा

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले राष्ट्रव्यापी यात्रा ‘फिल द थ्रिल’ सुरु गरेको छ । आइतबार पोखराबाट सुरु भएको रोड सोमा गायक अल्मोडा राना उप्रेती र धर्मेन्द्र सेवानको प्रस्तुतिबीच नयाँ मोटरसाइकल यामाहा एफआइ भी ३ सार्वजनिक गरिएको छ ।

रोड सोमा अल्मोडाले ‘पानी पर्‍यो’, ‘माया माया’, ‘दिलको भित्तामा’ र ‘यति यति पानी’ बोलका गीत गाएर दर्शक, स्रोतालाई नचाए । धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’ बोलका प्रस्तुति सुनाए । पोखरा सभागृहमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष वैभव पौडेलले संयुक्त रुपमा सुरुआत गरे ।

Advertisement

कार्यक्रममा यमाहा राइड आउट उइथ रोडिजमा सहभागी पोखरेली युवा ज्ञानेन्द्रविक्रम शाह, सन्दीप क्षेत्री र विशाल अर्यालले यमाहा मोटरसाइकलका बारेमा आफ्ना अनुभव सुनाए । कार्यक्रम विश्वकमा अटो वक्र्सका प्रोपाइटर सरोज श्रेष्ठको अध्यक्षतामा भएको हो ।

केही समयअघि नेसनल लन्च भएको यो मोटरसाइकलले युवाको मन जितिसकेको कम्पनीको दाबी छ । एफजीएस–एफआइ भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १ सय ५० सिसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।

Advertisement

नयाँ मोटरसाइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबै खाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध भएको कम्पनीको दाबी छ । यसमा १ सय ४९ सिसीको ‘सिंगल–सिलिन्डर र फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ छ । जसले अधिकतम १३.२ बिएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा ५ स्पिड गियरबक्स छ भने अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनो सक प्रयोग गरिएको छ । यसका फ्रन्ट र ब्याक दुवै पांग्रामा डिस्क ब्रेक छन् ।

नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर छ । यो बाइक म्याट ब्लु, म्याट ब्ल्याक र ग्रे सायन गरी ३ रंगमा उपलब्ध छ । नयाँ एफजी भी ३.० मा नयाँ फुल एलइडी डुअल पड हेडल्याम्प युनिट र ‘प्रिमियम क्रोम फिनिस भएको नयाँ मस्कुलर फ्युल ट्यांक छ ।

तपाईको प्रतिक्रिया